Logo

बागलुङमा खुल्यो बीएसआरको मल्टीप्लेक्स हल



नेपालमा पछिल्लो केही समययता मल्टीप्लेक्सको निर्माण तीव्र गतिमा भइरहेको छ । यसैक्रममा, गोंगबुस्थित बीजी मलमा रहेको मल्टीप्लेक्स हल बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बरिष्ठ फिल्मकर्मी निर शाहले बीएसआर मुभिज बागलुङको उद्घाटन गरेका हुन् । हल उद्घाटन समारोहमा अभिनेत्री गौरी मल्ल, निर्देशक दिपाश्री निरौला र कलाकार अनुरागमासिंह कुँवर पनि सहभागी भएका थिए ।

७ कात्र्तिकबाट व्यावसायिक सञ्चालनमा आएको दुई अडिटोरियमको हलमा दुई सय २६ सिट छन् । हलमा थ्रीडि प्रविधि समेत जडान गरिएको प्रबन्ध निर्देशक राजु गिरीले जनाएका छन् । अन्तरराष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डब्बु अटमस साउण्ड सिष्टम नेपालमा भित्राउँदै बीएसआरले दुई वटा अत्याधुनिक फिल्म हल सञ्चालन गर्दै आइरहेको छ । Photo Source: Filmykhabar



प्रतिक्रिया दिनुहोस्