Logo

लागुऔषध सहित प्रहरी नियन्त्रणमा



पर्सा , ७ कात्तिक । विभिन्न लागुऔषध सहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । बीरगंज महानगरपालिका वडा नम्बर १९ का बिहारी मलिक डोम र झापा मेचि नगरपालिका वडा नम्बर १९ काकडभिट्टा बस्ने बिक्की भुजेललाई ५ कात्तिकमा नियन्त्रणमा लिएको हो ।

शरिरका बिभिन्न भागमा लुकाई छिपाई ओसार पसार गर्न लागेको लागुऔषध औनरेक्स १५ बोतल झोलाभित्र लुकाई छिपाई राखिएको लागू औषध औनरेक्स पाँच बोतल, नाईट्रोभेट ६०० ट्यावलेट र स्पास्मो १६ क्याप्सुल सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

लागुऔष व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त औषध सहित नियन्त्रणमा लिएको हो ।
आवश्यक अनुसन्धान गर्दै जाने क्रममा अनुसन्धानबाट खुल्न आएका चितवन भरतपुर महानगरपालिका वडा नम्बर ८ का संदिप श्रेष्ठ र सोही ठाउँ बस्ने अनिल गुरुङ समेतलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ



प्रतिक्रिया दिनुहोस्