Logo

असभ्य शब्द प्रयोग गर्नेहरु धमाधम प्रहरी नियन्त्रणमा



समाजमा असभ्य शब्दको प्रयोग गर्ने सबै व्यक्तिलाई प्रहरीले समात्ने भएको छ । समाजमा अनौतिक कार्य गर्ने, नभएको समाचार बनाएर प्रसार गर्ने, असभ्य शब्दको प्रयोग गरेर गालीगलौज गर्ने सबै व्यक्तिलाई नियन्त्रणमा लिने प्रहरीले जनाइएको हो ।

प्रहरीले गएको केहि दिन यता गीतबाट समाजको मान मर्यादामा आँच पुर्याएको भन्दै दुई जना गायकहरुलाई नियन्त्रणमा लिएको छ । समाजमा विकृति फैलिउने शब्दहरुको प्रयोग गरेर गीत गाएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले केहि दिन अगाडी मात्रै गायक दुर्गेश थापालाई उनको तिहार गीत “ह्याप्पी तिहार चिसो बियर” भन्ने गीतबाट युवाहरुलाई लागूऔषधीको सेवन गर्न प्रत्साहन गरेको भन्दै समातेको थियो । दुर्गेशले युटुबबाट आफ्नो गीत हटाएपछि मात्र प्रहरीले उनलाई छोडेको थियो । उनले अहिले गीतको शिर्षक र असभ्य शब्दहरु हटाएर पुनः भिडियो युटुबमा राखेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले र्यापर भिटेनलाई पनि जाउलाखेलबाट नियन्त्रणमा लिएको छ । उनको पछिल्लो समय निकै चर्चीमा आएको गीत “यस्तै त हो नि ब्रो” मा प्रयोग भएका शब्दहरु र फेसबुकमा राखिएको तस्विरको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भिटेनको वास्तविक नाम समीर घिसिङ हो । उनको अधिकांश गीतहरुमा असभ्य शब्दहरुको प्रयोग गरिएको छ भने प्रहरीहरुलाई विभिन्न शब्दको प्रयोग गरेर गालीगलौज गरिएको छ ।

प्रहरीले समाजमा नराम्रो असर पर्ने, उरन्ठेउला, छाडा शब्द प्रयोग गरिएको गीतहरुलाई नियन्त्रणमा लिने जनाएको छ । साथै, प्रहरीले सामाजिक सञ्जालमा अनौतिक कार्य गर्ने सबैलाई नियन्त्रणमा लिएर कानून अनुसारको सजाय दिने भएको छ ।File Photo



प्रतिक्रिया दिनुहोस्