Logo

महाराष्ट्रमा भाजपाकै सरकार बन्ने, हरियाणामा बहुमत नपुग्ने संकेत



भारतमा महाराष्ट्र र हरियाणा राज्यको विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुग्दा हस्तीहरुले चुनाव हारेका छन् । चुनावमा सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धनले फेरि सरकार बनाउने अवस्था बनेको छ । गठबन्धनले बहुमत स्थान जित्ने मतगणनाले देखाएको छ ।

हरियाणामा भाजपा र कँग्रेस आईबीच कडा प्रतिष्पर्धा भइरहेको छ । सत्तारुढ भारतीय जनता पार्टी सत्तामा रहेको उक्त राज्यमा बहुमत नपुग्ने देखिएको छ । बहुमत पुग्न ४६ सिटमा जित्नुपर्नेमा भाजपा ३९ सिटमा जितको अवस्थामा छ ।

नरेन्द्र मोदी दोस्रो कार्यकाल भारतीय प्रधानमन्त्री बनेपछि यी दुई राज्यमा विधानसभा चुनाव भएको हो । यसैले चुनावलाई भाजपाको परीक्षणका रुपमा हेरिएको छ ।

भारतको सबैभन्दा ठूलो औद्योगिक शहर मुम्बई रहेको महाराष्ट्रमा भाजपाले शिवसेनासँग चुनावी गठबन्धन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको प्रारम्भिक कामको समेत दुई राज्यको चुनावले परीक्षण गर्ने विश्लेषण भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्