Logo

उपेन्द्र यादव मुछिएको गौर नरसंहार



रिपोर्टर्स नेपाल । ७ चैत २०६३ मा रौतहटको गौर बजारमा नरसंहार भएको थियो । यो नरसंहारमा तत्कालिन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवको निर्देशनमा भएको कतिपय अध्ययनहरुको निष्कर्ष छ । हाल देशको उपप्रधानमन्त्री बनेका यादव संलग्न भएको भनिएको घटनामा माओवादी कार्यकर्ताहरुको विभत्स हत्या भएको थियो ।

उक्त दिन अपरान्ह तत्कालिन मधेशी जनअधिकार फोरम र तत्कालिन नेकपा माओवादी निकट मधेशी राष्ट्रिय मोर्चाका बीच एकै स्थानमा कार्यक्रम गर्ने तय भयो । प्रशासनले सम्भावित झडपलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारेको थियो । कार्यक्रम जुधाएर गरिनुमा खतरनाक नियत लुकेको थियो ।
एउटै समयमा गौरमा कार्यक्रम गर्न लागियो । दुवै दलको मञ्च मात्र ६० मिटर दूरीको फरकमा बनाइएको थियो । फोरमको कार्यक्रमपछि माओवादीको कार्यक्रम गर्ने सहमति भएपनि फोरमका कार्यकर्ताले माओवादी निकट मेधशी राष्ट्रिय मुक्ति मोर्चाको मञ्च तोडफोड गरेका थिए । त्यसपछि फोरमको मञ्च माओवादी कार्यकर्ताले तोडफोड गर्न थाले । त्यसक्रममा हवाइ फायर भयो ।

घटनामा भागदौड मच्चियो । गोली चल्यो । पाँच जना माओवादी कार्यकर्ता घटनास्थलमा मारिए । घाइतेमाथि विभत्स तरिकाले थप आक्रमण गरियो । प्रतिमा खातुनलाई फोरम कार्यकर्ताहरुले जर्बजस्ती गरेर आगो लगाई हत्या गरे । भागेर ज्यान जोगाएका कतियलाई सर्लाहीतर्फ भाग्दै गर्दा नियन्त्रणमा लिई नृशंश तरिकाले हत्या गरियो ।

रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीमाथि जर्बजस्ती गरी विभत्स तरिकाले जिउँदै आगो लगाएर मारियो अनुनय विनय गर्नेहरुलाई आगो लगाएर जिउँदै जलाएर मारियो । घरमा लुकेर बसेकालाई थुतेर विभत्स तरिकाले मारियो । रमाकान्त चौधरीलाई फोरम कार्यकर्ताको एउटा समूहले हत्या गरी फालिदिएका थिए । कतिपयलाई घिसारी घिसारी मारियो ।

हत्या गर्दा लाठी, भाटा, भालालगायतका घरेलु धारिलो हतियार प्रयोग भएको थियो । आगो लगाएर जिउँदै जलाउनेहरु पनि भए । सात किलोमिटर सम्म लखेटेर मारियो ।

यो घटनामा उपेन्द्र यादव मुख्य योजनाकार रहेको विभिन्न अनुसन्धान र अध्ययनले देखाएको छ । आपराधिक पृष्ठभूमिका बबन सिंहले सहयोगी भूमिका खेले । बबन प्रहरीको खोजीमा थिए । तर, भूमिगत अवस्थामै चुनाव लडेर स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए ।

ललन सिंह, चन्द्रीका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भु शाह, बलराम सिंह कुँवर, गणेशमान यादवलगायतमाथि आरोप लाग्यो ।

यो घटना नियोजित थियो भन्ने निष्कर्ष निकालिएको थियो । यो निकै बर्बर थियो । बलात्कार, महिलाको स्तन काट्ने देखि विभत्स तरिकाले हत्या भयो ।

(१५ जना पत्रकारहरुको टोलीले घटनाको स्थलगत अनुगमन गर्नुका साथै प्रत्यक्षदर्शीसँग कुराकानी गरेर तयार पारेको रिपोर्टमा आधारित)

File Photo



प्रतिक्रिया दिनुहोस्