Logo

जन्मदिनमा ऋषि धमलाको प्रण, धादिङमा आमाबुवाको नाममा सुविधासम्पन्न अस्पताल बनाउँछु (भिडियोसहित)



काठमाडौं, ७ कात्तिक । रिपोर्टर्स क्लब नेपालका केन्द्रिय सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले आफू जन्मिएको जिल्ला धादिङमा सुविधासम्पन्न आधुनिक अस्पताल निर्माण गर्ने घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको कार्यालयमा आयोजित आफ्नो ४५ औं जन्मोत्सवको अवसरमा धमलाले उक्त घोषणा गरेका छन् ।

उनले आफू समाजसेवामा सुरुदेखि नै सक्रिय रहँदै आएको सुनाउँदै आफू जन्मिएको जिल्ला धादिङमा आफ्ना स्वर्गीय मातापिता चेतकुमारी धमला र कुलप्रसाद धमलाको स्मृतिमा अस्पताल बनाउने प्रण गरे ।

उनले भने,”धादिङमा अस्पताल बनाउने मेरो चाहना छ । म छिट्टै यसको लागि लागिपर्नेछु । मेरो स्वर्गी मातापिताको नाममा अस्पताल बनाउनेछु ।” जन्मोत्सव कार्यक्रममा क्लबका बरिष्ठ उपाध्यक्ष डिल्ली बसेल, उपाध्यक्ष बैकुण्ठ ढुंगानालगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार तथा बरिष्ठ कलाकारहरुको बाक्लो उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्