Logo

एन.आई.सी. एशिया बैंक र समितिभेज हस्पिटल, थाइल्याण्डबीच सम्झौता



काठमाडौं, ७ कात्तिक । एन.आई.सी एशिया बैंक लिमिटेड र समितिभेज हस्पिटल, थाइल्याण्डबीच बैंकका भिसा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई समितिभेज हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५% छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेस प्रा.ली.को तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरेको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७५ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेको नामाम जारी विज्ञप्तीमा भनिएको छ ।

करिब १८ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्