Logo

लागूऔषध सहित नियन्त्रणमा



नवलपरासी (पश्चिम), ८ कात्तिक । लागुऔषध सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पाल्हीनन्दन गाउँपालिका ५ भगतपुराबाट चितवन भरतपुर महानगरपालिका ४ बस्ने सुरज परियारलाई नियन्त्रित सहित ६ कात्तिकमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागूऔषध नुर्फिन १ सय ३८ एम्पुल, डाइजेपाम १ सय ३८ एम्पुल र फेनारगन १ सय ३८ एम्पुल सहित प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुरजलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी,नवलपरासी (पूर्व), कावासोती नगरपालिका १६ तिनघरेस्थित पूर्वपश्चिम राजमार्गबाट ओखलढुङ्गा फेदिगोठ गाउँपालिका ४ चम्पादेबी बस्ने राज कुमार कार्कीलाई लागूऔषध बुप्रिनुर्फिन २२ एम्पुल, फेनरागन २२ एम्पुल र डाईजेपाम २१ एम्पुल सहित ६ कात्तिकको साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.६ ख ७११५ नम्बरको बस जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्