Logo

प्रधानमन्त्री ओली जुन देशले जे चाहन्छ त्यसरी बोलिदिनुहुन्छ- डा. प्रकाशशरण महत, पूर्व परराष्ट्रमन्त्री



काठमाडौं, ८ कात्तिक । पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेपाली काँग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतसँग कुटनीतिक मामलामा गहिरो अध्ययन राख्छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग गरेको कुराकानीः

हिजोको केन्द्रीय समिति बैठकमा कांग्रेसले किन केही निर्णय गर्न सकेन ?
१४ गते केन्द्रीय समिति बैठक बोलाइएको छ ।
हिजो बैठक राख्नुभएको थियो त्यसमा किन निर्णय हुनसकेन ?
हिजो पनि बैठक बसेको थियो । फेरि १४ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
हिजोको बैठकमा के के भयो त ?
बैठक बस्न भनेर जम्मा भएका थियौं, त्यसमा अनौपचारिक छलफलहरु भए । फेरि औपचारिक रुपमा बैठक बस्नका लागि १४ तोकेका छौं ।
हिजोको अनौपचारिक बैंठकले के निर्णय ग¥यो त ?
१४ गते बैठक बसेर एकैपटक टुंगो लगाउने भन्ने कुरा भयो । किनभने हिजो नै सबै उम्मेदवारहरु चयन नहुनेभयो, त्यसैले १४ गते सबै कुरा टुंग्याउने गरी तोकिएको हो ।
१४ गते सबै कुराको टुंगो लाग्छ ?
लाग्छ ।
जिल्ला–जिल्लाबाट नामावली आइसकेको छ ?
गाउँपालिका र वडाको जिल्लाले नै दिन्छ । त्यो अधिकार जिल्ला र क्षेत्रलाई दिइएको छ । नगर र उपनगरपालिकाको प्रदेशले गर्ने प्रधान छ । त्यस विधि पुरा नभएको कारणले यहाँ आउने कुरा थियो । त्यो पनि सर्बसम्मतिबाट एउटा उम्मेदवार चयन भएकोले समस्या छैन । एउटा संघीय निर्वाचन पोखरा र तीनवटा क्षेत्र, दाङ, बागलुङ र भक्तपुर चाहीं यहाँ आउने हो । सिफारिस बढी–बढी संख्यामा भएको छ । त्यसमा मिलाएर निर्णय गर्नुपर्ने छ ।
कास्की २ मा कसलाई उम्मेदवार बनाउँदै हुनुहुन्छ ?
उम्मेदवार त १४ गते निर्णय गरेपछि मात्र थाहा हुन्छ । इच्छुक साथीहरु हुनुहुन्छ । तर, परिवर्तनको पक्षमा अत्यन्त ठूलो जनमत बन्दैछ । त्यसकारण त्यो ठाउँमा उपयुक्त उम्मेदवार नै दिन्छौं । त्यस ठाउँमा नेपाली कांग्रेसले जित्ने हामीले विश्वास गरेका छौं ।
कास्कीमा अन्य पार्टीसँग पनि सहकार्य गर्नुहुन्छ ?
अन्य दलहरुसँग पनि सहयोगका लागि आह्वान गर्दछौं । अहिलेको वर्तमान सरकारले जनतालाई आश्वासन दिएको बाचाहरु पुरा गर्नूत कहाँ हो कहाँ उल्टो दिशातिर गइरहेको छ । यो कुरा आमजनताले महसुस गरेका छन् । त्यसकारण भोट विभाजित हुनुभन्दा सरकारको क्रियाकलापको विरुद्धमा जनमत छ । ती भोटहरु एकीकृत ह्ुन जरुरी छ, त्यो हामी सबैसँग आग्रह गर्दछौं ।
त्यसो भए राजपा, समाजवादीलगायत साना कम्युनिष्ट पार्टीसँग तपाईहरुको सहकार्य हुन्छ हो ?
सबै दलका साथीहरुसँग हामी एकीकृत हुन अनुरोध गर्दछौं । यी निर्वाचन क्षेत्रहरुमा नेपाली कांग्रेस पार्टीकै जनाधार बन्ने हुनाले सरकारी उम्मेदवारलाई पराजित गर्न नेपाली कांग्रेस नै सक्षम छ । त्यस अर्थमा पनि अन्य साना दलहरुसँग सहयोगको अनुरोध गर्दछौं ।
गठबन्धन होइन, सहयोगको लागि सबैसँग अनुरोध गर्नुहुृन्छ हो ?
यसभन्दा अगाडि हाम्रा पार्टीसभापतिले आमसभा गर्नुभएको थियो । त्यहाँ समाजवादी पार्टी र अन्य विभिन्न जति पनि पार्टीहरु हुनुहुन्छ । उहाँहरुले नेपाली कांग्रेसलाई समर्थन गर्ने बचन दिनुभयो । ती पार्टीका प्रतिनिधि आएर आमसभामा बोल्नुभयो । आन्तरिक बैठकमा पनि उहाँहरु सहभागी हुनुभयो । उहाँहरुले ‘हामी स्थानीय, प्रतिनिधिसभा सबैतिर यो सरकारको क्रियाकलापप्रति असन्तुष्ट छौं’ त्यसैले हाम्रा छुट्टै उम्मेदवार उठाएर त्यसको खासै अर्थ छैन, जित्नसक्ने सम्भावना भएको पार्टी नेपाली कांग्रेस छ, त्यसलाई हाम्रो समर्थन रहन्छ भन्नुभयो ।
तपाईंहरुको भ्रातृ संगठनहरु नेतृत्वबीहिन छन्, यसलाई कसरी मिलाउनुहुन्छ ?
त्यसमा पार्टी सभापतिको सबैलाई मिलाएर अगाडि भन्ने दृष्टिकोण थियो । त्यसकारण सबै सहमतिमा जाऔं, म त्यसमा सकारात्मक छु, भन्दाभन्दै निर्णय गर्न ढिलाभएको छ । सभापतिको हिसाबले विभागहरु उहाँले एक्लै गर्न सक्नुहुन्थ्यो, तैपनि पर्खिरहनुभएको छ । यसो गरीरहँदा युवा विद्यार्थीहरुले गर्ने संगठनमा असर पर्छ, यसमा जति पर्खियो उति समस्या आउँछ । त्यसकारण उदारताकासाथ सभापति लाग्नुभएको छ । सकेसम्म सहमतिबाट त्यो पनि भएन भने पनि निर्णय गर्नुपर्छ भनेका छौं, अब छिट्टै गठन हुन्छ ।
नेविसंघको अध्यक्ष कसलाई बनाउँनुहुन्छ ?
निर्णय हुनुभन्दा अगाडि नै यसलाई ल्याउँदैछौं भन्नु उचित होइन । यो समिति अधिवेशन गराउनको लागि हो, त्यसमा सभापतिले उपयुक्त व्यक्तिलाई ल्याउन खोज्नुभएको छ ।
उमेर हदबन्दी कसरी लगाउँदैहुनुहुन्छ, ३२ माथिका विद्यार्थीले नेतृत्व गर्न नपाउने हो ?
यो आउँदो अधिवेशनपछि ३२ माथिको आउँदैन, त्यसलाई विधानले नै प्रतिबन्द लगाएको छ । अहिले अधिवेशनको लागि आउने कमिटिको लागि ३२ तलको ल्याए पनि माथिको ल्याएपन विधानको बाधा छैन ।
४० वर्ष नाघेका विद्यार्थी पनि अब बन्ने तदर्थ समितिको अध्यक्ष बन्न सक्छन् ?
यसमा ४० वर्ष ३० वर्षभन्दा पनि जिल्ला तहदेखि केन्द्रसम्ममा अधिवेशन सफलतापूर्वक सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्न समक्षम व्यक्तिलाई यो तदर्थ समितिको अध्यक्षमा ल्याउने प्रयास भइराखेको छ । त्यस हुनाले अहिले ३२ तलमाथिको भन्ने विधानको बाधा छैन । यसको काम सबैलाई समेटेर विधिसम्मत ढंगलले सबैतहमा नेविसंघको अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।
३२ वर्ष नाघेका अधिवेशन गराउने समितिको नेतृत्व गर्न सक्छन् ?
सक्छन् ।
तर, पार्टीभित्र त विवाद छ नि ३२ वर्षे बन्धन आजैबाट लागूहुनुपर्छ भन्ने पनि छन् नि ?
यसमा पार्टीभित्र विवाद छैन । वास्तवमा यो नेतृत्व अधिवेशन तयारी समिति हो । बरु यसमा ३२ माथिको भए पनि हुन्छ भन्ने अन्य नेताहरुको पनि भनाइहरु आएका छन् ।
तर, विद्यार्थीहरुले त ३२ वर्ष नाघेकालाई यही समितिमा लानुहुँदैन भनेका छन् ?
विद्यार्थीहरुको ३२ वर्ष नाघेकालाई ल्याउनुहुँदैन भन्ने पहिलादेखि कै माग हो । यसलाई सबैले मिलाउनुपर्छ ।
नेपाली कांग्रेसले त अहिलेसम्म विभाग गठन गर्न सकेको छैन नि ?
अब छिट्टै विभागहरु गठन हुन्छन् । त्यसले संगठनलाई वडातहदेखि क्षेत्र, जिल्लाहुँदै आथिसम्म चुस्त र दरिलो बनाउँछ । जागरण अभियानले पनि जनताको घरदैलोमा पुग्ने काम ग¥यो । त्यहाँ जनताका कुरा सुन्ने, आफ्ना पनि राख्ने कामहरु पनि भए । त्यसैले कामै नभएको होइन, भइराखेको छ । अब सक्रिय सदस्यता नविकरण गर्ने अन्य थप सक्रिय बनाउने कामलाई पनि अगाडि बढाउनुपर्ने छ । अहिलेको नयाँ संरचनाअनुसार संगठनलाई विस्तार गर्ने कामहरु पनि भएका छन् ।
विभागहरु गठन भएको छैन नि ?
विभाग गठन गर्न ढिला भएकै हो । त्यसमा सभापति आपैmले गर्न सक्ने व्यवस्था विधानमा छ । त्यति हुँदाहुँदै पनि सबैलाई मिलाउछु भनेर सबैसँग नाम पनि माग्नुभयो । त्यो हुँदा पनि उहाँहरुका आ–आफ्नै अडान राखेर आउनुभएको छैन । अपैm पनि पर्खिरहनुभएको छ । विभाग गठन नहुँदा तल्लो तहमा हुने काम केन्द्रीय पदाधिकारी र नेतृत्वले गर्नुपर्ने भयो । केन्द्रीय सदस्यले पनि आ–आफ्नो क्षेत्रको काम नेतृत्व लिएर गर्नपाउनुभएको छैन । अब उहाँहरु सहमतिमा आएपनि नआएपनि पार्टीसभापतिले गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।
कार्यसम्पादन समिति गठन नहुने हो ?
कार्यसम्पादनमा त्यही भइरहेको छ । उहाँले नामहरु माग्नुभएको छ । पहिला थियो के–के मिलेन भनेर प्रश्न उठ्यो अनि उहाँले भंग गरिदिनुभयो । फेरि बनाउने कुरामा सहमति जुट्न सकेको छैन ।
प्रधानमन्त्री अजरबैजान पुग्नुभएको छ, अब नेपालको सम्बन्ध अन्तर्राष्ट्रिय क्षेत्रमा बढेको हो ?
असंलग्न शिखर सम्मेलनमा भाग लिने नियमित व्यवस्था छ, नेपाल त्यसको अभियन्तर हो । त्यसमा भाग लिँदैमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध बढेको भन्न सकिँदैन । तथापि सम्बन्ध राम्रो होस् । तर, वर्तमान सरकारको गतिविधि हेर्दा उहाँहरुले अन्तर्राष्ट्रिय सम्बन्ध के का लागि गरिन्छ ? कुनैपनि देशले किन गर्छ भन्ने आधारलाई उहाँहरुले पुष्टि गर्न सक्नुभएको छैन । जुन देशले जे सुन्न चाहन्छ उहाँहरु त्यसैगरी बोल्दिनुहुन्छ । त्यसरी अन्तर्राष्ट्रिय सम्बन्ध सुन्तुलित हुन सक्दैन । हाम्रो दशे र जनताको हित केमा त्यसलाई केन्द्रमा राखेर सम्बन्ध राख्नुपर्छ । त्यसमा हाम्रा कुराहरु पनि मित्र राष्ट्रले बुझ्न पाउँछ । त्यतातिर यो सरकार लागेको छैन ।
नेपालमा व्यवसायिक वातावरण सुध्रिएको छ, भनिएको छ नि ?
यसमा झन्डै दुई सय राष्ट्रहरु छन् । त्यसमा यही सुधार भयो भन्दैमा यहाँको माहोल विशाल रुपमा परिवर्तन भयो भन्नु् उचित होइन । आउनुपर्यो नि, त्यसो हो भने । लगानी वृद्धि हुनुपर्यो त्यस्तो त देखिएको छैन । लगानीमैत्री वातावरणको लागि अनुकूल कानुनहरु बन्नुप¥यो । करका दायराहरु अनावश्यक हुनुभएन, वाधाहरु अनावश्यक रुपमा हुनुभएन । एकद्वार प्रणालीको सरकारले प्रचार गरेको छ, त्यो अनु्सार हुन सकेको छैन । लगानी आउँछ भनेर हल्ला गर्ने त्यसमा उहाँहरुको स्वार्थलाई केन्द्रबिन्दुमा राख्ने गर्नुभएन । लगानी ल्याउँदा पारदर्शी ढंगले ल्याउनुपर्छ ।
यो सरकारले जनचाहना अनुसार काम गर्न सकेन ?
चाहनाअनुसार होइन कामै भएको छैन । यहाँ त राष्ट्रिय संरचनाहरुलाई पार्टीकरण गर्ने, संस्थागत रुपमा भ्रष्टाचार हुने, अनियमितता हुने कुरा बढेको छ ।
रौतहटको घटनामा जिउँदै आन्छे जलाइयो नि ?
त्यसमा हामीले स्पष्ट भनेका छौं । हाम्रो पार्टीको होस् अन्य, आमनागरिकको न्यायका लागि निष्पक्ष छानविन हुनुपर्छ । छानविनमा अपराधी ठहर्छ भने त्यो पार्टीको होस् वा जोसुकै होस् कारबाही हुनुपर्छ । तर, राजनीतिक पूर्वाग्रहको आधारमा कसैलाई दोषारोपण गर्न पाइँदैन ।
अपराधीलाई कांग्रेसले संरक्षण गर्दैन ?
अपराधीलाई कसले संरक्षण गर्छ । तर, त्यसको प्रमाणित आधार हुनुपर्छ । साँच्चिकै अपराध भएको छ भने त्यसको निष्पक्ष छानविन होस् । प्रमाणको आधारमा न्याय होस् । तर, यो पार्टीको, ऊ पार्टीको भनेर विना आधार कसैलाई दोषारोपण गर्न पाइँदैन । अपराधका आधार प्रमाणहरु छन् भने निश्पक्ष ढंगबाट छानविन हुनुपर्छ दोषीलाई कारबाही हुनुपर्छ । निर्मला पन्तको हत्याकाण्ड सबैलाई थाहा छ त्यत्रो प्रमाण सरकारी पक्षबाटै नष्ट गरिएको छ । त्यत्रो जघन्य हत्याकाण्डको अहिलेसम्म अत्तोपत्तो छैन । त्यस्तै अरु ठाउँमा पनि धेरै अपराधहरु भएका छन् ।



प्रतिक्रिया दिनुहोस्