Logo

अध्यक्षहरुबीच भएको सहमतिबारे थाहानभएकाले इश्वर पोखरेलजीले त्यसो भन्नुभएको हो- देवेन्द्र पौडेल, नेता नेकपा



काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता देवन्द्र पौडेल विचारको राजनीतिमा जोड दिन्छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
तपाईंको पार्टीभित्र नेताहरुबीच मनमुटाव छ कि छैन ?
पार्टी भनेको विचार, दृष्टिकोण, भावना र भनाइहरुको केन्द्रबिन्दु हो । पार्टी कुनै निर्जीव वस्तुजस्तो हुँदैन, गतिशील प्रवाह हो त्यसैले वैचारिक छलफल र बहस आउनु स्वाभाविक हो । बाहिर मिडियामा आएजस्तो बोलचालै हराएको अवस्था होइन । दुई अध्यक्षबीच सुमधुर सम्बन्ध छ, त्यसबीचबाटै आएका चुनौतीको सामना गर्ने उहाँहरुको प्रतिवद्धता छ ।
प्रचण्ड त भएको सहमति कार्यान्वयन नहुनेभयो, मैले पार्टी एकीकरण गरेर ठूलो गल्ती गरेछु भन्नुहुन्छ नि ?
त्यही रुपमा केही भएको छैन । मिडियामा त बेलुका केपी र प्रचण्ड मिलेको फेरि भोलिपल्ट बिहान नमिलेको जस्ता एंगलमा न्यूजहरु आउँछन् । तर, सिनियर नेताहरुको ठोस र मूर्त रुपमा अभैm पनि कार्यविभाजन नभएकाले आफ्नो जिम्मेवारी र भूमिका कहाँबाट कसरी निर्धारण गर्ने भन्ने बारेमा यहाँहरुबीचमा छलफल चल्ने गर्दछ । मलाई थाहा भएअनुसार दुईजना अध्यक्ष भएकाले कुन पृष्ठभूमिका कहाँ र कसले गर्ने भन्ने पृष्ठभूमि तय नभएकाले यस्तो भएको हो । पार्टी एकताको क्रममा तीनवटा सहमति भएका छन्, ती संगठनात्मक, र्वचारिक, नयाँ कार्यक्रमसहित सँगै अगाडि बढ्ने विषय हुन् । यी सहमतिहरु मलाई जहाँसम्म लाग्छ सँगै लागु भएर अगाडि बढ्छ । आवश्यक समय आइसकेपछि केपी ओलीजीले पनि देशको महत्वपूर्ण पार्टीको नेतृत्व र सरकारको नेतृत्व सम्हालेको हुनाले भएको सहमतिप्रति भएर कार्यान्वयन गर्नुहुने छ । र, प्रचण्ड र केपी ओली दुवैजनाको बीचमा हिजो भएको उहाँहरुका कतिपय सहमतिहरु पार्टीले स्वामित्व लिएर अगाडि बढ्छ ।
प्रचण्ड त प्याकेजमा प्याकेजमा सहमति नुहुपर्छ भनेर शीर्ष नेताहरुलाई भेट्न थालिसक्नुभयो नि ?
उहाँले कसैकाविरुद्ध गुटबन्दी गरेर मोर्चाबन्दी गर्न भेट्नुभएको जस्तो लाग्दैन ।
प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी गर्न थाल्नुभएको भनेर बाहिर आएको छ नि ?
यो बिलकुल होइन । प्रचण्ड एउटा त्यस्तो व्यक्ति हो, जसले आपूmलाई लागेको कुरा सिधैं सम्बन्धित व्यक्तिसँग राख्नुहुन्छ । त्यसो हुनाले उहाँले केपी ओलीको बारेमा कुनै असन्तुष्टि पोख्नुप¥यो भने सिधै राख्नुहुृन्छ, अरु नेतालाई बोलाएर होइन । फेरि पार्टीका सिनियर नेताहरु जो हिजो पार्टीको अध्यक्ष, प्रधानमन्त्री भइसक्नुभएकाले उहाँहरुसँग सल्लाह, सुझावका लागि छलफल गर्नुलाई राम्रो मान्नुपर्छ ।
यतिबेला प्रचण्डले माधव नेपालसँग संवाद जारी राख्नुभएको छ नि ?
कुराहरु आएका छन्, हामी सबै नेपाली भएकाले कुरा आउँदा निकै चासोपूर्वक सन्ने गर्दछौं । फेरि पनि यहाँले भनेजस्तै इतिहासले दुईअध्यक्षको आवश्यकलाई प्रकट गरेको छ । जनता, पार्टी र सरकारको चाहना यही हो भन्ने कुरा प्रचण्डले गहिरोगरी बुझ्नुभएको छ । अब माधव नेपालको कुरा गर्दा उहाँ हिजो पनि पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र अहिले पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । आन्तरिकदेखि अन्तर्राष्ट्रिय कतिपय गतिविधिको चुनौतीका बारेमा कसरी अगाडि जाने भनेर भेट्नुलाई स्वाभाविक रुपमा लिनुपर्छ ।
अभैm पनि पार्टी एकीकरण त राम्रोसँग भएको छैन नि ?
एकजना व्यक्तिले अलग–अलग ढंगले हरेक कुरा सोच्ने गर्दछ, भने दुईजना अध्यक्ष र कतिपय सिनियर नेताहरुको बीचमा कहीलेकाहीं विचार, दृष्टिकोण र सोचाइमा आएका विविधताको रुपमा हामीले बुझ्नुपर्छ । र, प्रचण्ड र केपी ओलीबीचमा विचारमा विविधता हुनु, जस्तो भारत र चीनको बीचमा सी जिन पिन आउने कुरा, सभामुख प्रसंगको कुरा, पार्टीका कतिपय एकीकरणसम्बन्धी कुराहरु, संस्थागत निर्णय गर्ने कुराहरु, साथै वैचारिक कुराहरुमा मिलेरै निर्णय गरेको पाइन्छ ।
दुईतिहाई बहुमतको सरकार हुँदा पनि अस्थिरता त कायमै रह्यो नि ?
जनताले पनि यो विषयमा अलि बढी चासो राखेको हामी पाउँछौं । समृद्धि र सुशासनका साथसाथै ‘बास, कपास र खाद्यन्न’ मा मौलिक हकको कुराहरु हामीले संविधानमा लेख्यौं, त्यो ग्रहण गर्ने गरी निकै तीब्रताका साथ विकास निर्माणको काम हुनुपर्ने अपेक्षा यो सरकारबाट जनताले गरेका छन् । दुईतिहाई बहुमतका साथ आएको यो सरकारले यी कुरा पूरा गर्ने जिम्मेवारी पनि लिएको छ । तर, सुशासन, मूल्यबृद्धि, विकास निर्माण जस्ता काममा टिप्पणीहरु आउनु त्यति राम्रो होइन । पार्टीबाट प्रधानमन्त्रीलाई यी कुराका बारेमा सुझावहरु दिने काम भएको छ ।
एकता प्रक्रिया कहिलेसम्म टुंगिएला त ?
एकता प्रक्रियाका धेरै भागहरु सक्किएका छन् । जनबर्गीय संगठन र विभागहरुलाई फुलफिल गर्न अलिकति बाँकी छ । अर्को यहाँले भनेजस्तै जनताको बीचमा पार्टीको काम, नीनि, र सरकारले गरेका कामकाबारेमा बुझाउन बाँकी छ । त्यो पनि तिहारपछि एउटा प्रक्रियामा अगाडि बढ्छ ।
प्रचण्डले ईश्वर पोखरेलसँग सम्बन्ध सुधार गर्न चाहनुभएको हो कि ईश्वर पोखरेलले प्रचण्डसँग ?
यो दुवैको आवश्यकता हो । प्रचण्डले पनि यो एकतालाई भड्काएर बिगार्न सकिन्छ भन्ने खालका चलखेललाई रोक्न लाग्नुभएको हो । यसमा मैले पनि ईश्वरजीसँग कुराकानी गरेँ । ईश्वरजी पनि लाग्नुभएको छ । पार्टी एकतालाई बलियो बनाउन यो भेटघाट आवश्यक थियो र छ ।
तर ईश्वर पोखरेलले त आलोपालो सहमति पनि होइन, ‘वान म्यान वान पोष्ट पनि’ होइन, पाँचवर्षको लागि केपी ओलीनै प्रधानमन्त्री हो भन्नुभएको छ नि ?
उहाँले भनेको ठीक हो । मैले ईश्वर पोखरेलसँग भेट गर्दा पनि उहाँले त्यो तर्क गर्नुभएको छ । आलोपालोमा सहमति भएको, ‘वान म्यान वान पोष्ट’ को सहमति पार्टी कमिटिभित्र भएको होइन, उहाँहरुबीच के भयो हामीलाई थाहा नभएकोले उहाँले त्यसो भन्नुभएको हो ।
तपाईंको पार्टीभित्र नेताहरुबीच कुनै विमति छैन हो ?
पार्टीभित्र छलफल र बहस हुनेगर्दछन् । कतिपय विषयमा हाम्रा फरक धारणा पनि छन् । जस्तै सत्यनिरुपण तथा मेलमिलाप आयोगलगायत अरु कतिपय विषयमा हामीले फरक धारणा राख्ने गरेका छौं । फेरि मूल विषयमा हामी मिलेरै अगाडि बढ्नुपर्छ । पार्टीले खाली रोलाहरु मात्रै प्रकट गरेर जनताले मान्दैनन् । सुशासन र विकास निर्माणमा हामीले गम्भीर रुपले सोचेका छौं । त्यसमा प्रतिपक्षलाई पनि साथै लिएर जानुपर्ने आवश्यकता छ ।
त्यसो भए आलोपालोमा सहमति भैकै होइन भन्ने तपाईंको कुरा आयो हो ?
उहाँहरुले हामीसँग आलोपालोमा सहमति भएको भन्नुभएको हो । मिटिङमा भएको छैन, ईश्वर पोखरेलले भनेजस्तै हो । तर, उहाँहरु दुईटाको मुखबाट पार्टी एकताका बेला यस्तो सहमति भएको छ भन्नुभएको हो । कार्यान्वयन हुनेनहुने कुरा उहाँहरुले प्रस्ताव गरेपछि छलफल होला ।
कार्यान्वयन होला कि नहोला त ?
दुईजना यति जिम्मेवार व्यक्तिहरुले गरेका कुरा समय आइसकेपछि सहमति हुन्छ ।
नेत्रविक्रम चन्दसँग वार्ता गर्ने कि दमन ?
यो विषय वार्ताबाटै हल गर्नुपर्छ । यो कुरा सुन्दा कसैलाई रिस पनि उठ्ला । सरकारमा रहनुभएका साथीहरुलाई पनि चित्त नबुझ्न सक्छ । बिप्लबजीहरुले पनि संविधानसम्बत ढंगले आपूmलाई चित्त नबुझेका कुराहरु राख्नुपर्छ । सरकार पनि अरु तरिकाभन्दा वार्तालाई केन्द्रमा राखेर तयार हुनुपर्छ ।
सञ्चारमन्त्रीले त पहिला हिंसा छोड्नुस् अनि मात्र वार्ता हुन्छ भन्नुभएको छ नि ?
मैले भनेको सञ्चारमन्त्रीले भनेको कुरा एउटै हो । फौजीप्रकृतिका गतिविधि उहाँले रोक्यौं भन्नुपर्छ । कमसेकम युद्धविराम त गर्नुप¥यो नि । त्यहाँबाट वार्ताको वातावरण बन्छ ।
अपराध काण्डमा ठूला–ठूलो व्यक्तिहरु पनि प्रहरी हिरासतमा हुनुहुन्छ तपाईं के भन्नुहुन्छ ?
कानुनले पद, शक्ति र हैसियत हेर्दैन । व्यक्तिको पद र हैसियत होइन कि उसको अपराध हो कि होइन भनेर छानविन गर्ने कुरामा सरकार कठिबद्ध छ ।
कानुनी राज्यको प्रत्याभूति दिन खोजेको हो वर्तमान सरकारले ?
पुराना कपितय विषयहरुलाई लिएर अहिलेका सांसद्हरुमा पनि यो कुरा उठेको छ । त्यसमा म उहाँहरु अपराधी भन्न चाहन्न । छानविन हुनदिऊँ, त्यसले प्रकट गर्ला । प्रश्न उठिसकेपछि त्यो हैसियत र पदमा भएका व्यक्तिहरु त्यहीं ढंगले जवाफ दिनुपर्छ । कानुनी राज्यको प्रत्याभूति जनतालाई हुनेगरी उहाँहरु प्रस्तुत हुनुपर्छ ।
किष्णबहादुर महराले त अहिलेसम्म बयान दिन चाहनुभएको छैन नि ?
यो निकै दुःखद् कुरा हो । यसमा सम्बन्धित निकायले छानविन गरिरहेको विषयमा हामीले बीचमा बोल्न पनि राम्रो हुँदैन । उहाँ छानविनमा हुनुहुन्छ, छानविनपछि दोषी भए कानुनबमोजिम सजायको भागरीदार हुनुहुन्छ । निर्दोष ठहरिए छुट्कारा भएर पहिलाकै ठाउँमा आउनुहुन्छ ।
यो प्रकरणमा दोषी को त ?
यो विषय सम्बन्धित छानविन गर्ने निकायले नै भन्छ ।
तपाईंको पार्टी महरालाई बँचाउन खोजेको छैन ?
पार्टीले त छानविनको निम्ति सहजिकरण गर्न उहाँलाई भन्यो, त्यत्ति मात्र भनेको छ । विषय उठिसकेपछि त्यो सही होकि होइन छानविनपछि आउला । विषय उठिसकेपछि छानविनका निम्ति सहजीकरण गर्न पदबाट राजीनामा पार्टीले मागेको हो । त्योभन्दा थप कुरा पार्टीले भनेको छैन ।
तोकिएभन्दा बढी शुल्क असुल्ने कलेजलाई कारबाही हुनुपर्दैन ?
शिक्षा मन्त्रालय र नियमन निकायले तोकेभन्दा बढी शुल्क लिने कलेजलाई नियमन र नियन्त्रण गर्नु सरकारको दायित्व हो ।
मेडिकल माफियाहरु त कारबाही परेका छैनन् नि ?
पछिल्लो समय शैक्षिक माफियाहरु निकै सन्किएका छन् । फेरि अर्को व्यवस्था नहुँदै निजी कलेजहरुलाई राज्य पुरै ध्वस्त पनि बनाउनुहुँदैन । वैकल्पिक व्यवस्था नहुँदासम्म ती आवश्यक छन् । निजीक्षेत्रका शैक्षिक संस्थाहरु सरकारको नीति र नियमनमा रहनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
File Photo



प्रतिक्रिया दिनुहोस्