Logo

प्रिमियर लिगमा किर्तिमानः लिसेष्टरको साउथ्याम्टनमाथि नौ गोल



प्रिमियर लिग फुटबलमा लिसेष्टर सिटी ऐतिहासिक जीत निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लिसेष्टरले साउथ्याप्टनमाथि ९-० को जित निकाल्दा लिगको पहिलो स्थानमा रहेको लिभरपुलभन्दा पाच अंकको दुरीमा पुर्याएको छ ।

लिसेष्टरका लागि जेमी भारडी र अयोज पेरेजले ह्याट्रिक गरे । साउथ्याप्टनका खेलाडी १२ औं मिनेटमा रातो कार्ड पाएर बाहिरिएपछि निरिह बनेको थियो । जसका कारण लिसेष्टर २४ वर्ष पुरानो म्यानचेष्टर युनाइटेडको इपसविचमाथको ९-० गोल अन्तरको बराबरी गर्न सफल भयो ।

जारी लिगमा लिसेष्टरले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । लिसेष्टर लिगमा निकै बलियो टोलीका रुपमा देखिदै गएको छ ।



प्रतिक्रिया दिनुहोस्