Logo

रहिनन् पूर्वसभासद कमला सुवेदी



काठमाडौं, कात्तिक ९ । लामो समयदेखि ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्वसभासद कमला सुवेदीको निधन भएको छ । तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत भइसकेकी सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो ।
शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ । सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए । उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका थिए ।
रामेछापको बाबियाखर्क माइती तथा मन्थली नगरपालिका वडा नं. १ घर भएकी सुवेदी रामेछाप काठमाडौं सम्पर्क समितिको संयोजकसमेत हुन् । उनका श्रीमान, एक छोरी, एक छोरा छन् ।



प्रतिक्रिया दिनुहोस्