Logo

हेमबहादुर सिंहको पालाको प्रहरीको पोशाक, उनैले ल्याएका थिए नीलो रङ्गको पोशाक



काठमाडौं, ९ कात्तिक । हेम बहादुर सिंहको नेपाल प्रहरीभित्र विशेष परिचय छ । पूर्व आइजीपी सिंहले प्रहरीमा नयाँ थालनी गरेको इतिहास छ । उनको पालामा खाकी बर्दी परिवर्तन गरी नीलो पोशाक शुरु गरे । त्यसैले उनलाई खाकी बर्दीका अन्तिम आइजीपी भनिन्छ ।

डीबी लामा पक्राउ परेपछि सिंह आइजीपी बनेका थिए । १ आषाढ २०४३ मा आइजीपी बनेका सिंह ३१ जेठ २०४७ सालसम्म चार वर्ष आइजीपी बनेका थिए । उनी आइजीपी हुँदा देशमा २०४६ सालको आन्दोलन भएर बहुदलीय व्यवस्था आएको थियो । त्यसैले सिंहको कार्यकाल निकै कठिन भयो ।

क्ठिनाईका बाबजुद उनले प्रहरीमा कम्प्युटर प्रणालीको थालनी गराए । नेपाल टेलिभिजनबाट प्रहरी अनुरोध कार्यक्रम प्रशारण शुरु गराए । उनकै कार्यकालमा काठमाडौंमा पहिलो पटक इन्टरपोलको दशौं क्षेत्रीय सम्मेलनको सफल आयोजना भएको थियो ।

८ कात्तिकमा सिंहलाई अन्तिम बिधाई गर्दा निमित्त आइजीपी पुष्कर कार्कीलगायत एआइजी र डिआइजीहरु सलामी दिन पुगेका थिए । ८२ वर्षीय सिंहको बिहिबार साँझ निधन भएको थियो ।

Photo Source: Nepal Police



प्रतिक्रिया दिनुहोस्