Logo

प्रहरीले शौक्षिक सामग्री बाँड्यो



पाल्पा, ९ कात्तिक  : जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको आयोजनामा माथागढी गाउँपालिका–३, एक्लेबरस्थित सहारा नमूना प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले विद्यालयका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्री पाएपछि यहाँका विद्यार्थी खुशी बनेका छन् । प्रहरी उपरीक्षक जिसीले शैक्षिक सामग्रीका अभावमा विद्यार्थीले विद्यालय आउनबाट वञ्चित हुनुनपर्ने बताए ।

सामुदायिक सेवा केन्द्रका सदस्य दिनेश गन्धर्वले सोही विद्यालयमा अध्ययनरत कक्षा १, २, ३, ४ र ५ का विद्यार्थी गरी जम्मा ३१ विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको बताए । तानसेन नगरपालिकाका विभिन्न वडामा बस्ने माधव पाण्डे, मग्दुल मिया र डेकबहादुर लुहागुनबाट शैक्षिक सामग्री प्राप्त भएको थियो । जिल्ला प्रहरी कार्यालयले शैक्षिक सामग्री बैंक स्थापना गरेको छ ।

सामुदायिक विद्यालयलाई लक्षित गरी विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा शैक्षिक सामग्रीको अभाव हुनबाट जोगाउन शैक्षिक सामग्री बैंक स्थापना गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरेको छ । प्रहरीले बालबालिकालाई विद्यालय जान प्रोत्साहित गर्ने, बालबालिकालाई घरेलु हिंसा, ट्राफिक, सामाजिक विकृति तथा सरसफाइसम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्