म्यानचेष्टर सिटीले एस्टन भिल्लामाथि ३० को जीत निकाल्दै इग्लिस प्रिमियर लिग फुटबलमा पुनः दोस्रो स्थानमा उक्लिएको छ । जीतसँगै उसले पहिलो स्थानमा रहेको लिभरपुलसँग अंक दुरी घटाएको छ ।
सिटीको २२ अंक हुँदा एक खेल कम खेलेको लिभरपुलको २५ अंक छ । सिटीको जीतका लागि स्टरलिङ, सिल्भा र गुनडगनले गोल गरेका थिए । सिटीका फर्निडिन्होले ८७ मिनेटमा रातो कार्ड पाए ।
सिटीको सबै गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफमा भिल्लाले सिटीलाई उसकै मैदानमा बराबरीमा रोक्न सफल भयो




प्रतिक्रिया