Logo

ठूला पाँच मिठाई पसल कारवाहीमा



काठमाडौं, कात्तिक १० । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित पाँच वटा मिठाई पसल कारवाहीमा परेका छन् । मिठाईजन्य खाद्यवस्तु दूषित तथा कम गुणस्तरका पाइएपछि उनीहरूलाई महानगरको कृषि तथा पशु सेवा विभागको अगुवाईमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उपभोक्ता अधिकार अनुसन्धानको संयुक्त टोलीले कारवाही गरेको हो ।
अनुगमनका क्रममा टोलीले मिठाई पसलमा लेवल नटाँसिएका वस्तु विक्रीका लागि राखिएको, मिठाई बनाउदा आवश्यक पर्ने सामान गुणस्तरहिन र फोहोर रहेको पाइएको पनि जनाएको छ ।
चावहिलको गुप्ता स्टोरमा फोहोर पाइएपछि १० दिनको सुध्रिने मौका दिइएको छ भने शिव मिठाई स्टोरलाई विल नदिएको कसुरमा २० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै पूजा मिठाई स्टोरलाई कम गुणस्तरको मिठाई विक्री गरेकोमा १० हजार जरिवाना गरिएको छ ।
उता सुन्धाराको गुलाव मिठाई पसलमा मिठाईको बक्सहरू फोहोर रहेको पाइएको छ भने त्रिपुरेश्वरस्थित वाग्मती स्वीटमा फोहोर र उत्पादन मितिविनाको सामान भेटिएकाले जफत र नष्ट गरेको छ ।



प्रतिक्रिया दिनुहोस्