Logo

जनता र ग्लोबल आईएमई बैंक मर्जरको अन्तिम चरणमा



काठमाडौं, १० कात्तिक । बैंकहरु आर्थिक रुपमा सवल हुन नसकेपछि मर्जरको मर्जरको सरणमा पुगेका छन् । त्यही बाटो जनता र ग्लोबल आईएमई बैंकले पनि अपनाएका छन् । सोही मेसोअनुसार जनता बैंक नेपाल र ग्लोबल आईएमई बैंकबीच मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षेर भएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै बैंकका अध्यक्षहरुले समझदारीपत्रमा संयुक्त हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आईएमई बैंककातर्पmबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालकातर्पmबाट अध्यक्ष केशवबहादुर रायमाझीले एकसाथ हस्ताक्षर गरेका छन् । दुवै बैंकले वार्षिक साधारणसभा गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार थाल्ने बचनबद्धता गरेका छन् । कार्यक्रममा अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक मर्जरमा सधैं सफल भएको बताउँदै यस अघि पनि यसले १० वटा विभिन्न वित्तीय संस्थाहरुसँग र जनताले ७ वटा वित्तीय संस्थासँग सवल रुपमा मर्ज भइसकेको छ । यी दुवैको गरी यो १८ मर्जर हुने बताएका छन् ।

सोही अवसरमा जनता बैंक नेपालका अध्यक्ष रायमाझीले देशकै भरपर्दो र शक्तिशाली वित्तीय संस्था खडा गर्ने उद्देश्यले ग्लोबल आईएमई बैंकसँग राष्ट्र बैंकको स्वीकृतिमा मर्जरमा जान लागेको बताएका थिए । उनले दुवै बैंकबीच मर्जरका सबै प्रक्रिया सकिएकाले चाँडै संयुक्त कारोबार थाल्ने बताएका छन् । यी दुई बैंकले गत असार २० गते मर्जरका लागि सुरुको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बैंकको नाम ग्लोबल आईंएमई र अध्यक्ष चन्द्रप्रसाद ढकाल रहने पनि सहमति भएको छ । त्यस्तै सञ्चालक समितिमा ग्लोबल तर्पmबाट ५ जना र जनताको तर्पmबाट २ रहने पनि सहमति भएको छ ।

मर्जरपछि बन्ने ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी सीईओ परशुराम कुँवर क्षेत्री, कामु सीईओ महेश शर्मा ढकाल र वरिष्ठ डेपुटी सीईओमा रहने सहमति भएको छ । मर्जरपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कूल निक्षेप २ अर्ब १२ करोडभन्दामाथि र कूल कर्जा लगानी झन्डै २ अर्ब हाराहारी हुने छ । त्यस्तै बैंकका शाखा संख्या ३०० भन्दा बढी हुनेछन् भने शाखा सञ्चाल ८५० र ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । भने २५६ एटीएम, २४१ शाखारहीत बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक सम्पर्क कार्यालय रहने छन् ।



प्रतिक्रिया दिनुहोस्