Logo

राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी



काठमाडौं, कात्तिक १० । नेपाल राष्ट्र बैंकले सहायक निर्देशकसहित ६७ जना कर्मचारीको माग गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गरी प्रशासनतर्फ २८, सहायक निर्देशक (अधिकृत तृतिय), लेखातर्फ सहायक निर्देशक ९ (अधिकृत तृतीय), लेखा परिक्षणतर्फ ८ जना र सहायक (सहायक द्वितीय) मा ३१ जना कर्मचारी माग गरेको हो ।
सो पदहरूमा आवेदन गर्नका लागि २८ कात्तिकसम्म अन्तिम मिति तोकिएको छ । बैंकले सहायक निर्देशकका लागि २१ वर्ष पूरा भई ३५ वर्ष नकटेका वाणिज्यशास्त्र, अर्थशास्त्र र व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर पास गरेको हुनुपर्ने जनाएको छ ।
यसैगरी लेखा र लेखापरीक्षणका लागि सीए, एसीसीए वा सीपीए गरी मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर गरेका २१ देखि ३५ वर्ष उमेदहदका व्यक्ति माग गरिएको छ ।
सहायक द्वितीयका लागि भने १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका र १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । यद्यपि महिलाको हकमा भने ४० वर्षसम्मको उमेरहद तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्