Logo

आइजीपी खनाल आक्रामक रणनीतिमा, हाइप्रोफाइल समातिने क्रम बढ्ने



काठमाडौं, १० कात्तिक । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले जीवनकै ठूलो चुनौती मोलेका छन् । आफूमाथि चौतर्फी दबाब र चेतावनी पर्ने सूचना पाउनुका बाबजुद दशकौं देखि थाती रहेका आपराधिक घटनाहरुको फाइल खोल्न लगाएका छन् । विगतमा हाइ प्रोफाइलले घटाएका घटना त्यत्तिकै लुकाइन्थ्यो । तर, खनालले त्यसलाई लुक्न दिएनन् ।

नेपालको इतिहासमा आपराधिक घटनामा पहिलोपटक बहालवाला सभामुखमाथि अनुसन्धान बढ्यो । सभामुखको सरकारी निवासबाट राजीनामा दिएपछिको अवस्थामा निवर्तनमान सभामुख कृष्णबहादुर महरा पक्राउ परे । यो घटनामा आइजीपी खनालले ठूलो जोखिम मोले । घटनामा महरामाथिको अभियोग पुष्टि गर्नेगरी प्रमाण जुटाउन आइजीपी खनालले खुट्टा कमाएनन् ।

आइजीपी खनाल पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई १२ वर्ष अघि ईंट्टाभट्टामा जिउँदै मान्छे हालेको घटनामा संलग्न भएको अभियोगमा पक्राउ गर्न अगाडि सरे । शक्ति र पहुँचको भरमा अपराध लुकाउने र प्रश्रय दिनेहरुलाई नछाड्ने नीतिमा अगाडि बढेका उनले अफताबलाई पक्राउ गर्न आदेश दिंदा चौतर्फी दबाबको सामना गर्नुपरेको बुझिएको छ । तर, खनालले दबाब दिनेहरुको फोन नै उठाएनन् ।

खनालले जुवाडेहरुलाई धमाधम समात्न निर्देशन दिए । विगतमा जुवाखालमा समातिएका उच्च ओहदाकाहरु छुटिहाल्थे । गुपचुप गरेर छुटाइन्थ्यो । तर, खनाल कडा बने । उनले पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बाँनिया जुवाखालबाट समातिएपछि छाड्न दिएनन् । बाँनियालाई कुनै हालतमा नछाडेपछि उनको तिहार हिरासतमा बित्ने भएको छ । आइजीपी खनाल चिलीबाट स्वेदश फर्किएको दुई दिनमै हाइप्रोफाइल जुवाडे महाराजगञ्जबाट पक्राउ परे ।

खनालको कार्यकालमा दशकौं देखि बन्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धानको भवन निर्माण शुरु भयो । यसमा पनि उनले जोखिम मोले । विगतमा कुनेपनि टेन्डरको काम गर्दा भ्रष्टाचारको अभियोग लागिहाल्ने अवस्था थियो । खनालले जुनसुकै खतरा मोलेर भएपनि संगठनको भवनहरु निर्माणमा कदम चाल्न सफल भए ।

विगतमा प्रहरीका जवानहरु जाडोमा समेत पोशाक नपाएर पुरानो पोशाकमा जोडो काट्थे । वर्षामा पुरानै च्यातिएको रेनकोट लगाउन वाध्य हुन्थे । उनले आफ्नो कार्यकालभरी यो अवस्था आउन दिएनन् । यसका लागि टेन्डर खोलेर छिटो छरितो काम गरे । आइजीपी खनालले काम गर्दा मोल्नुपर्ने जोखिम मोले ।

आक्रामक रणनीतिमा लागेका खनालमाथि हाइप्रोफाइल पक्राउ देखि दशकौं देखि नभएका पूर्वाधार विकासको कामको सफलताका कारण आपराधिक पृष्ठभूमिका व्यक्ति र कमिशनखोरहरु छटपटिएका छन् । उनीहरु योजनावद्ध तरिकाले खनाललाई पदबाट हटाउन लागिपरेका छन् । तर, खनालले आफू जस्तोसुकै जोखिम मोलेर भएपनि संगठित अपराधको गिरोहका नाइके र कमिशनखोरहरुलाई नछाड्ने प्रण गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्