Logo

मृर्गौला दिएर बचाएकी प्रेमिकाले बिहे गर्न नमानेपछि…



काठमाडौं, कार्तिक १० । घटना लण्डनको हो । मृर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले विहेको प्रस्ताव स्विकार नगरेको भन्दै समाजिक सञ्जामा आएका छन् ।

४९ वर्षीय सिमोन लुइसले आफ्नी ४१ वर्षिया प्रेमिका मेरी इम्मानुएललाई आफ्नो एउटा मिर्गौला दिएर मृत्युको मुखबाट त बचाए तर मिर्गौला प्रत्यारोपणको सफल शल्यक्रियापछि प्रेमिले राखेको विहेको प्रस्ताव ठाडै अस्विकार गर्दा के गर्ने, के नगर्ने भएको भन्दै उनले समाजिक सञ्जालमा आफ्नो भावना पोखिरहेका छन् ।

सिमोनले आफ्नो एउटा मिर्गौला दिएर पनि आफ्नो प्रेम सावित गर्न नसकेकोे भन्दै महिलालाई बुझ्न गाह्रै हुने रहेछ भन्दै आक्रोस व्यक्त गरिरहेका छन् ।

सिमोन र मेरी बिच दुई दशकभन्दा बढी समयदेखिको माया प्रेम रहदै आएको उनले खुलाएका छन् । सन् १९९४–९५ को आसपास पहिलोपटक भेटेका सिमोन र मेरीले पहिलो भेटमै चुम्बन पनि गरेका थिए । त्यसका बाबजुद उनीहरू त्यसयता साथी मात्र रहे । तर, सिमोन भने त्यहीबेलादेखि मेरीलाई मनपराउन थालिसकेका थिए ।

स्टक ब्रोकर सेक्रेटरीका रूपमा कार्यरत मेरी आफ्ना छोरा ड्वेनको हेरचाहमै व्यस्त हुन्थिन् । आफ्ना भाइसँग मिलेर सांगीतिक कार्यक्रमको व्यवस्थापन सम्हाल्ने सिमोनले भने त्यो चुम्बन र मेरीलाई बिर्सिन सकेका थिएनन् । आफुले मन पराई सकेकी मरीले भने उनलाई आफ्नो असल साथीको रुपमा मात्रै सम्झदै आएको बताएपछि उनी अहिले छाँगाबाट खसे जस्तै भएका छन् ।

२०१४ मा मेरीलाई मिर्गौला सम्बन्धी रोगबाट ग्रस्त रहेको पक्ता लागेपछि त्यसपछिका दिन मेरीले तनावमा विताईन । उनको रोग निको बनाउन मिर्गौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको डक्टरले बताएपछि मेरीलाई झन तनाव भयो ।

अव कसको मृर्गौला माग्ने ? उनले सम्बन्धीत धेरै ठाँउमा मृर्गौलाको खोजी गरिन तर कतैबाट पनि उनले राहतको साहस लिन सकिनन् । उनको अस्पतालको बसाई लम्बिन थाल्यो । मेरीले साथीको रुपमा आफु रोगबाट ग्रस्त भएको र निको हुने कुनै आधार फेला पार्न नसकेको सिमोनलाई सुनाइन ।

आफुले मन पराएकी मेरीको लागी ज्यान दिन समेत तयार रहेको सिमोनले आफ्नो सबै काम छोडेर मेरीको उपचार तथा हेरचारमा साथ दिन थाले । उनले कतै पनि मृर्गौला नभेटेपछि अस्पतालले पनि उनलाई पर्ने पक्का भएको सुचिमा राख्दा उनका प्रेमिले मन थाम्न सकेनन् र आफ्नो एक मृर्गौला दान गर्न तयार भए ।

उनलाई आफ्नी प्रेमिका जसरी भएपनि बाँच्नु पर्छ भन्ने लागेर नै दानको लागि तयार भएको स्वयम् उनले बताएका छन् ।अस्पतालले सिमोनको मृर्गौला परिक्षण गर्दा मेरीलाई मिर्गौला दान गर्न मिल्ने देखिएपछि दुबैलाई केहि राहतको महशुुस भयो ।

अन्ततः केहि प्रक्रिया पुरा भएपछि भने उनले मृर्गौला दान गरे र दुबैले केहि दिन अस्पतालमै आराम गरे । सिमोनले बताए अनुसार उनले मेरीलाई यति सम्म मायाँ प्रेम गर्ने गर्दथे कि उनले अस्पतालमा उपचार गराउदा लागेको खर्च समेत आफैले व्यहोरेका थिए । अस्पतालबाट डिस्चार्ज भएर उनीहरु घर फर्किए । अव दुबै जना पुनः पहिले कै जिवनमा फर्किए ।

जब दुवै जना ठीक भएपछि एक दिन सिमोनले मेरीलाई विवाहको प्रस्ताव राखे । तर, मेरीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिन् । मेरीले आफूले साथी मात्र हुन रूचाएको बताएपछि भने सिमोन पागल जस्तै बने । आफ्नो मृर्गौला दान गर्दाको भन्दा बढी पिडा विवाहको प्रस्ताव अस्वीकार हुँदा लागेको बताउने सिमोन अझै पनि मेरीलाई माया गर्न नछ्टाउने र मिर्गौला दिएकोमा कुनै ग्लानि नरहेको बताउदै आएका छन्।



प्रतिक्रिया दिनुहोस्