Logo

गोवर्धन पूजा किन मनाइन्छ



काठमाडौं, १२ कात्तिक । गोवर्धन पूजा नेपालीहरुको प्रमुख पर्व हो । पौराणिक कथन अनुसार गोवर्धन भनेको गोकुल नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्ने गरेकोे धार्मिक मान्यता छ । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्दथे । तर, इन्द्रबाट उनीहरूले केही पाउँदैन थिए ।

कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी, दाउरा इत्यादि दिने गोवर्धन पर्वतको पूजा गर्दा राम्रो हुन्छ । त्यसैले सवै गोकुलवासीले गोवर्धन पर्वतको पूजा गर्न थाल भने । आफ्नो ठाउँमा गोवर्धन पर्वतलाई पूजा गरेको देखेर इन्द्रले रिसको झोकमा गोकुलमा असिना र पानी वर्षाइदिए । त्यसबाट बचाउन कृष्ण भगवानले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिए । अन्त्यमा इन्द्रले आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष माफी मागे । त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको पौराणिक मान्यता रहिआएको छ ।

संस्कृतमा गौ भनेको गाई हो । गोवर्धन, गोकुल,गोपाल यी शव्दहरु त्यस बेलाको समाजले गाईलाई दिएको सम्मान हो । गोवर्धन पूजाको दिन तिहार “यम पञ्चक ”को चौथो दिनमा पर्दछ । त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई भव्यरुपमा पूजा गरिन्छ । त्यसैदिन गोरूको पनि पूजा गरिन्छ । यो तिहारको तेस्रो र चौथो दिन हो । यस पर्वलाई गोरु तिहार, हल तिहार तथा गोवर्धन पूजा पनि भन्ने गरिन्छ ।

फोटो स्रोत : एपीएन



प्रतिक्रिया दिनुहोस्