Logo

करिश्माको कानूनसँग असन्तुष्टि



अभिनेत्री करिश्मा मानन्धरले देशको कानूनप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले आफ्नो फेसबुकमार्फत एउटा भिडियो सार्वजनिक गर्दै प्रश्नबाट असन्तुष्टि देखाएकी हुन् । उनले सार्वजनिक गरेको भिडियोमा उनलाई कलेजबाट निस्किदै गरेको देख्न पाइन्छ भने उनले भिडियोमा दिइएको क्यापसनले अपरिचित व्यक्तिले उनलाई नसोधी उनको टिक–टक बनाएको देखिन्छ ।

उनले भिडियोमा “जस्ले पनि जस्को पनि निजि जिवनको भिडियो खिचेर सार्वजनिक गर्न पाउने कानुन हो हाम्रो देश को ??? भनेर प्रश्न गरेकी छिन् ।

करिश्ममाले अघिल्लो वर्ष एसईई परीक्षा पास गरेकी थिइन् । उनी अहिले सरकारी कलेजमा अध्यनरत छिन् । सरकारी कलेजहरुको पनि पढाई राम्रो हुन्छ भन्ने कुरालाई पुष्टि गर्न उनी प्राइभेट कलेज छोडेर सरकारी कलेजमा पढ्दै छिन् । Photo Source: Karishma Manandhar Facebook



प्रतिक्रिया दिनुहोस्

Screenshot