Logo

पुरानो नहुने तिहारका गीतहरु (भिडियोसहित)



नेपाली चलचित्रहरुले आफ्नो रिलिज डेट चाडपर्व लक्षित गरेर राख्दा केही चलचित्रहरुले गीत निर्माण गर्ने गर्छन् । यो प्रचलन न्यून छ । यसरी चाडपर्व लक्षित गरेर चलचित्र निर्माण गर्दा दुई चलचित्रका गीतहरु कहिले पुराना भएका छैनन् ।

२ दशक अगाडि तुलसी घिमिरे निर्देशित चलचित्र “चिनो” को “दियो बाली साँझको..” बोलको तिहार गीत अझै पनि लोकप्रिय छ । लक्ष्मी पूजा लक्षित यो गीत कहिल्यै पुरानो भएन । हरेक वर्ष अधिकांश टेलिभिजन र रेडियोमा लक्ष्मी पूजाको दिन यो गीत बज्ने गर्छ । गीत बज्दा तिहार घर आगनमै आइपुगेको आभास हुन्छ । अभिनेत्री शुभद्रा अधिकारीको फिचर भरिएको यो गीतलाई भारतीय गायिका आशा भोस्लेले आफ्नो सुमधुर स्वरमा सजाएकी छिन् ।

वरिष्ठ निर्देशक शम्भु प्रधान निर्देशित “स्वर्ग” चलचित्रको “तिहारै आयो लौ झिलिमिली” गीत निकै लोकप्रिय छ । यो गीत घन्कन थालेपछि तिहार नजिकिएको आभास हुन्छ । तिहारमा अधिकांश भैलेनी खेल्नेहरुले निकै प्रयोग गर्ने गर्छन् । गीतमा अभिनेत्री गौरी मल्ल फिचर्ड छिन् ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्