Logo

“हाउसफुल ४” को दुईदिने कमाइ करोडौं



मल्टिस्टारर फिल्म “हाउसफुल ४” ले अभिनेत्री तापसी पन्नू र भूमि पेडनेकरको फिल्म “सन्द की आँख” र अभिनेता राजकुमार राव र अभिनेत्री मौनी रोयको फिल्म “मेड इन चाइना” लाई पछाडि पार्दै बक्सअफिसमा आफ्नो सफलताको स्थान बनाएको छ । २५ अक्टोबरबाट प्रदर्शनमा आएको यो फिल्मले दुई दिनमा ३७ करोड ८९ लाखको व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन १९ करोड ८ लाख र दोस्रो दिन १८ करोड ८१ लाख गरेर दुई दिनमा करोडौं कमाइ गरेको हो ।

धेरै हलहरुमा अझै चलिरहेको यो फिल्मले ५० करोड भन्दा माथिको बक्सअफिसमा व्यापार गर्ने अनुमान गरिएको छ । साजिद फरहाद निर्देशित यो फिल्ममा अभिनेताहरु अक्षय कुमार, रितेश देशमुख, बबी देओल, अभिनेत्रीहरु कृति सेनन, पूजा हेगडे, कृति खरबन्दा लिड रोलमा प्रस्तुत भएका छन् । पुनर्जन्ममा आधारित यो फिल्मा उनीहरुको ४ भूमिका रहेको छ । अभिनेता अक्षय र रितेश ३ वर्षपछि फिल्म हाउसफुल ४ का लागि पुनर्मिलन भएका हुन् । यो फिल्म हाउसफुलको चौथो सिरिज हो ।



प्रतिक्रिया दिनुहोस्