Logo

उत्तरी क्यालिफोर्नियाबाट ५० हजार विस्थापित



लस एन्जलस, १० कात्तिक : अमेरिकाको दक्षिणी क्यालिफोर्नियाबाट झण्डै ५० हजार जना स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको हो । क्यालिफोर्नियाको जङ्गल तथा अग्नि नियन्त्रण विभागका अधिकारीले आगो अत्यन्त चाँडो फैलिएको जानकारी दिएका छन् । आगोले अहिलेसम्म ४९ वटा संरचना ध्वस्त पारिसकेको र अरु हजारौँ घरमा क्षति पु¥याउने देखिएको विभागका अधिकारीको भनाइ छ ।

अग्नि नियन्त्रकले क्यालिफोर्नियाका जङ्गलमा सल्किएको आगो नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा दशौँ लाख मानिस बिजुली आपूर्तिबाट वञ्चित हुन सक्ने चेतावनी पनि दिएका छन् । ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा बन्द गरिने भएको हो ।

उत्तरी क्यालिफोर्नियामा बुधबार शुरु भएको डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो । आगो निभाउन १,३०० भन्दाबढी अग्नि नियन्त्रक र विमानसमेत परिचालन गरिएको अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्