Logo

सयपत्री र मखमलीले छपक्कै काठमाडौं (फोटोफिचर)



काठमाडौं, १० काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज तिहारको दोस्रो कुकुर तिहार हो। आजै लक्ष्मीपूजा पनि मनाईँदैछ । तिहार सुरू भएसँगै काठमाडौंमा यसको रौनकता ह्वात्तै बढेको छ । सबैका घरघरमा तिहारको रौनक छाएको छ। तिहारलाई झिलिमिलीको पर्व पनि भनिन्छ।

त्यसो त तिहार सुरू हुनुभन्दा केहीदिन अघिदेखि नै राजधानी झिलिमिली भइसकेको थियो। तिहारमा किनमेलका लागि राजधानीका व्यापारिक स्थलहरूमा भीड लागिरहेको छ। केही दिनयता राजधानीका असन, इन्द्रचोक, न्युरोड लगायतका क्षेत्रमा सामान किन्नेको भीड बाक्लिँदै गएको छ। काठमाडौंमा मालाको किनबेचन यति धेरै भएको छ । सयपत्री, मखमलीदेखि कृत्रिम मालाहरु पनि व्यापक देखिएको छ ।

हाम्रो फोटो पत्रकार मुकुन्द कालिकोटेले आफ्नो क्यामेरमा कैद गरेका तस्विहरु :

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्