Logo

यमपञ्चक मंगलबार सकिने भएकाले भाइटीका सोही दिन मध्यान्हमा पर्छ- रामचन्द्र गौतम, अध्यक्ष, पञ्चाङ्ग निर्णायक समिति



काठमाडौं, १० कात्तिक । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम यमपञ्चकमा कुन दिन के गरेर मनाउने भन्नेबारे विवाद भइरहँदा शुक्रबार देखि मंगलबार पाँच दिन यमपञ्चक भएकाले मंगलबार सकिने बताउँछन् । उनीसँग यही सेरेफेरोमा नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

कुकुर पूजाको महत्वबारे बताइदिनुस् न ?
आज कुकुर पूजा हो, बिहान कुकुरलाई पूजा गरेर मिठा खाना खाने दिने । बेलुका घरघरमा दिपावली गरेर धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने । आपूmसँग भएका धनसम्पत्तिको पूजा गर्ने । त्यसपछि रातभर देृउसी, भैलो खेलर रमाइलो गर्ने ।
बेलुका कति बजे गर्ने लक्ष्मी पूजा ?
लक्ष्मी पूजा गर्न यतिनै बजे भन्ने हुँदैन । जुन दिन सन्ध्याकाल औसी त्यही दिन लक्ष्मी पूरा गर भन्ने शास्त्रीय निर्णय भएकाले आज दिउँसोबाटै औंसी शुरु हुन्छ । सन्ध्याकालमा लक्ष्मी पूरा गर्नुपर्छ यो शास्त्रीय निर्णय हो ।
१२ पछिबाट लक्ष्मी पूरा सुरु हुन्छ ?
लक्ष्मी पूरा गर्ने सन्ध्याकालमा हो । लक्ष्मी त सन्ध्याकालमा कहाँ–कहाँ सफासुग्घर गरेको छ, त्यहाँ–त्यहाँ घुम्दै हिड्छिन् ।
अफिसमा त दिउँसै लक्ष्मी पूरा गरिरहेका हुन्छन् नि ?
दिउँसो गर्दा पनि हुन्छ, तर लक्ष्मी सन्ध्याकालमा आउँछिन् ।
त्यसो भए आज लक्ष्मी सबैको घरमा बास गर्न जान्छिन् ?
हो, लक्ष्मीले सबैको घरमा बास गर्नुपर्ने हुन्छ । धनबिना कसैको जीवन चल्दैन, त्यसैले उनले सबैको घरमा बास गरेर जीवनस्थर समृद्ध बनाउनुपर्ने हुन्छ । मानिसको जीवनमा भौतिक उन्नतिको लागि लक्ष्मीको आवश्यकता पर्दछ ।
तिहारको महत्वको बारेमा बताइदिनुस् न ?
खासगरी यो दाजुभाइ र दिदीबहिनीबीच एकताको वर्ष हो । हाम्रो राष्ट्रलाई चिनाउने राष्ट्रिय सांस्कृति पहिचानको पर्व पनि हो । हाम्रो देशको पहिचान नै यीनै पर्वहरु हुन् ।
चडापर्व मनाइरहँदा नेपालीहरुबीच समस्याहरु पनि छन् नि ?
यो त आफ्नो गच्छेअनुसार मनाएर रमाउन सिक्नुपर्छ । आफ्नो आयआम्दानी अनुसार बनाउनुपर्छ ।
भोलिको कुरा गरौं न ?
भोलि गोरु पूरा गर्ने हो । जसलाई गोबर्धन पूजा पनि भन्छि । बिहान गोबर्धन पूजा गरेर बेलुका म्हपूजा शास्त्रीय व्यवस्था छ । सन्ध्याकालमा जुन दिन प्रतिपदा तिथि हुन्छ त्यही दिन म्हपूजा गनर््ुपर्छ । भोलि औसी थोरै छ, त्यसपछि परेवा लाग्छ । त्यहाँबाट गोरुपूजा सुरु हुन्छ ।
पर्सी भाइटिका हो ?
जुन दिन द्वितीया तिथि छ, त्यही दिन भाइपूजा गर्नु भनेर शास्त्रमा उल्लेख छ । त्यसकारण पर्सी मध्यान्नकालमा भाइपूजा गर्नुपर्छ । खास साइत ११ः५५ मिलेन भने पनि मध्यान्नकाल भएकै हुनुपर्छ भाइपूजा गर्न । त्यसकारण दिदीबहिनीहरुले दाइभाइको उन्नति, प्रगतिको लागि सन्ध्याकालमा भाइपूजा गर भनेर शास्त्रमा उल्लेख गरिएको छ । यसमा दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको धनधान्य, दीर्घायु, सुखशान्ति, प्रगति, उन्नताको कामना गर्दे पूmमालासहित मिष्ठान्न भोजन, दानदक्षिणा गर्नुपर्छ । अस्ति शुक्रवारदेखि यमपञ्चक सुरु भएर पाँचदिनसम्म चल्छ । शुक्रबारदेखि गन्दा मंगलवार पाँच दिन हुन्छ, त्यही दिन भाइपूजा गरेर यमपञ्चक समाप्त हुन्छ । अब केही हाम्रा साथीहरुले १३ गते बुधबार भाइटिका पनि भनेका छन् ।
१३ गेत सरकारले पनि विदा दिएको छ नि ?
सरकारले के गर्दा त्यो उसैले जान्ने कुरा हो । तर, शास्त्रले के भन्छ भन्ने प्रमुख हो । यपञ्चक पाँचदिन हुन्छ, त्यो मंगलवार सकिन्छ । यमपञ्चक सकिएपछि बिदा हुन्छ ? शुक्रबारदेखि यमपञ्चक सुरु भएको हो, त्यो पाँचदिन चल्छ, मंगलवार त्यो पूरा हुन्छ । १३ गतेलाई ११ पला मात्रै द्वितीया तिथि छ, त्यसपछि तृतीया शुरु हुन्छ । मध्यान्नकालमा भाइपूजा गर्नु भनेको छ, त्यो अनुसार हामीले पञ्चाङगमा १२ गते नै भाइपूजा भनेर लेखेका छौं । त्यो भनेर हामीले १२ गते नै भनेको केहीले यो नियम विपरीत भयो भनेर कुदेका छन् । जम्मा ११ पला द्वितीया तिथि बिहान उज्यालो हुँदा सकिन्छ अनि भाइपूजा गर्न भ्याइन्छ ?
यमपञ्चक सकिएपछि म्हपूजा हुँदैन र ?
यमपञ्चक सकिएपछि म्हपूजा हुँदैन । किन भने त्यसमा प्रतिपदा हुनुपर्छ । म्हपूजा भोलि बेलुका ११ बजेभित्रै हुन्छ । प्रतिपदा तिथिमा जतिबेला सूर्योदय हुन्छ त्यहीबाट नेपाल सम्वत सुरु हुन्छ भन्ने शास्त्रीय निर्णय हो । त्यसलाई ख्यालै नेवारमित्रले जुँगाको लडाईं गरिरहनुभएको छ । नेवारमित्रमा एकथरी ठिक छ, पञ्चाङ्ग निर्णयकले गरेको निर्णय सही हो भन्ने हुनुहुन्छ, अर्को थरी होइन भन्नुभएको छ । एकथरी नेवारमित्रहरु चाहिं १३ गते गर्ने हाम्रो परम्परा मिलेन भनेर लाग्नुभएको छ । परम्परा भनेको शास्त्रसम्वत हुनुपर्छ । शास्त्रले मान्यो भने त्यो परम्परा मान्य हुन्छ, मानेन भने त्यो मान्य हुँदैन । १३ गते भाइपूजा गर्ने भन्ने सरासर शास्त्रविद्धको कुरा हो ।
त्यसो भए १२ गते बिहानैदेखि टिका लगाए हुन्छ ?
बिहान होइन, भाइटिका लगाउने मध्यान्नकाल हो । कुनै पनि कर्मकालमा तिथि हुनुपर्छ । भाइपूजाको कर्मकाल भनेको मध्यान्नकाल हो । मध्यान्नकाल समान्य हिसाबले ६ घडीको हुन्छ । सकेसम्म त्यो ६ घडीभित्र टिका लगाउँदा राम्रो हुन्छ । सकेसम्म मध्यान्नकालमा लगाउन त्यस्तो अनुकूल मिलेन भने दिनभरी नै साइतको दिन हो भन्ने छ । विशेषगरी राज्यका ठूला–ठूला ओहदामा बस्नेहरुको लागि साइतको आवश्यकता पर्छ । नेपाल देवभूमि भएकाले राज्य सञ्चालनका लागि दैविशक्तिको आवश्यकता पर्ने हुनाले साइतको आवश्यकता भएको हो । यो देउतैदेउताको देश हो । सबै क्षेत्र जस्तो पाश्चात्य मुलुकहरुमा साइतको आवश्यकता पर्दैन । नेपाल भनेको देवोभूमि, आर्यतपोभूमि भएको हुनाले हाम्रा ऋषिमुनिहरुले साइतको आवश्यकता महसुस गरेका हुन् ।
भाइपूजामा दिदीबहिनी, दाजुभाइ नहुनेले सकरी गर्ने त ?
दाभुभाइ दिदीबहिनी नहुनेले त ‘प्रतिपद्मा भगिनी’ भन्ने छ, दिदीबहिनी नहुनेले बनाएर पनि भाइटिका लगानुपर्छ । हाम्रो शरीर यमराजसँग सम्बन्धित छ । आत्मात बाँचिनै रहन्छ, जीवन दिबंगत भएपछि हाम्रो आत्मा यमराजसँग सम्बन्धित हुन्छ । हाम्रो आत्मा यमराजसँग सम्बन्धित भएको हुनाले यमपञ्चकमा यमराजलाई प्रशन्न बनाउने बेला हो । त्यसकारण भाइटिकाले दिन यमराज, धर्मराज, चित्रगुप्त, यमुनालगायत सबैको पूजाअर्चना गर्नुपर्ने हुन्छ । यसमा ‘हे यमदेव, ‘हामी दिवंगत भइएपछि तिम्रो यातना खेप्नुनपरोस्, त्यसबखत सुखशान्ति प्रदान गर’ भन्ने भावनाले विशेष गरेर यसलाई यमपञ्चक भनिएको हो । त्यसैले खास यमपञ्चक १२ गतेसम्म मात्रै हो । यमपञ्चक सहिएपछि भाइपूजा गर्ने । १३ गतेभन्नहरुलाई के भन्ने ? कसैले भाइपुजै नगर्लान् । त्यसकारण शास्त्रअनुसार यमपञ्चक १२ गते मंगलवार सकिन्छ । यो यमराजसँग सम्बन्धित भएकाले भाजुभाइ, दिदीबहिनी नहुनेले पनि बनाएर पनि यमराज, अष्ट चीरञ्जीवीको पूजा गरेर टिका लगाउनुपर्छ भनेको हो ।
देउसी भैलोको महत्व के छ ?
भैलो भनेको लक्ष्मी पूजा गरिसकेपछि राति खेल्ने हो । यसको अर्थ गाउँने र सुन्ने दुवैको भलो होस् भनेको । तिम्रो घरमा लक्ष्मीले कहिल्यै नछोडुन् भनेर रातभर जाग्रम बस्ने र महालक्ष्मीको उपासनामा गानभजान गर्ने कुरा हो । अब देउसिरे भनेको, ‘देउ शुभ’ भनेको हो । देउसिरे लक्ष्मीपूजा प्रतिपदा गरिसकेपछि राति खेलिन्छ, त्यसमा पनि भन्ने र सुन्ने दुवैथरीको शुभ होस् भनेर लेखेको हो । यसमा जथाभावी माग्ने, उत्ताउलो गानभजन गर्ने, जाँड रक्सी खाने गर्नुहुँदैन । यसमा सुन्नेदेखि गाउनेसम्मको दीर्घायु, सुस्वास्थ्य र उन्नतिप्रतिगति होस् भनेर आशिर्वाद दिने शास्त्रीय प्रचलन छ । राष्ट्रिय एकताको पर्व भएकाले यसमा सबैले मिलेर देउसी खेल्ने, रमाइलो गर्ने, सुखदुःख साटासाट गर्ने, टाढाटाढा भएका पनि गाउँघर आएर सुखदुःखमा हात मिलाउने पर्व हो । यो मानवमात्रको पर्व पनि हो । सबैको सम्बन्ध यमराजसँग हुन्छ । यसलाई सकैकसैले हिन्दुमात्रको पर्व भनेर बिगारिरहेका छन् । त्यसो होइन, सम्पूर्ण नेपालीहरुको महान् चाड हो । त्यसकारण यसलाई सबै जातजातिले मर्यादित र अनुशासित ढंगले मनाउनुपर्छ । यो मानवमात्रको पर्व हो, कुनै जातिविशेष, वर्णविशेष, लिङ्गविशेषको होइन ।



प्रतिक्रिया दिनुहोस्