Logo

बगदादीको टाउकोका मूल्य तीन अर्ब



इस्लामिक स्टेटका नेता अबु बकर अल बगदादीको टाउकाको मूल्य झण्डै तीन अर्ब नेपाली रुपैयाँ बराबर तोकिएको थियो । सन् २०१६ यता अमेरिकी विदेश मन्त्रालयले बगदादीबारे सूचना दिने वा पक्राउ गर्ने वा उनलाई मार्नेलाई उक्त रकम बराबरको पुरस्कार घोषणा गरेको थियो ।

दुई करोड ५० लाख अमेरिकी डलर टाउकाको मूल्य तोकिएका बगदादी अन्तमा २६ अक्टोबरमा सिरियामा मारिए । यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् ।
इराक, सिरियालगायत अरब देशहरुलाई एउटै देश बनाउने घोषणासहित आइएस गठन भएपछि इराकमा जन्मिएका बगदादी त्यसको नेता भएका थिए । उक्त समूहले इराक, सिरियालगायत मध्यपूर्वका धेरै देशहरुमा प्रभाव बनाइसकेको थियो । बगदादी मारिएपछि अब यो संगठनको भविष्य के हुने हो हेर्न बाँकी छ ।

-एजेन्सी



प्रतिक्रिया दिनुहोस्