Logo

आलम जोगाउन कांग्रेसले तिहारलगत्तै आन्दोलन गर्ने, कांग्रेसविरुद्ध ‘ग्रान्ड डिजाइन’ !



काठमाडौं, १० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तिहारलगत्तै सरकारविरुद्ध संघर्ष र सशक्त आन्दोलन छेड्ने तयारी गरेको छ । सरकारले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निशाना बनाएर दशकौं पूरानो घट्नामा मुछ्न खोजेको कांग्रेस नेताहरुको आरोप छ । रौतहटबाट निर्वाचित सांसद मोहम्मद अफ्ताब आलम १२ वर्ष पूरानो घट्नामा मुछिएर अहिले प्रहरी हिरासतमा छन्।

आलममाथि २०६४ साल चैत्र २८ गते पहिलो संविधानसभाको निर्वाचन हुनु एकदिन अगाडि बम बनाउने क्रममा विस्फोटन भएपछि उक्त विस्फोटका दुई दर्जन घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको क्रुर र अमानवीय अपराध गरेको आरोप छ । यही अभियोगमा प्रहरीले आलमलाई नियन्त्रणमा लिएर दुई पटक म्याद थप गरी अनुसन्धान अगाडि बढाइराखेको छ ।

जिउँदै ईटा भट्टामा हालेर हत्या गर्ने मोहम्मद अफताब आलमको पक्षमा देउवा

तर, आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको भनेर सभापति शेरबहादुर देउवाले उल्टै सरकारविरुद्ध आरोप लगाएका थिए । भक्तपुरमा आयोजित पार्टीको एक कार्यक्रममा उनले यस्तो बताएका थिए । तर, देशव्यापी रुपमा उनको अभिव्यक्तिको चर्को विरोध र आलोचना भएपछि उनले त्यसको भोलिपल्टै अनुशन्धान निश्पक्ष गरेर सघाउन पार्टी तयार रहेको स्पष्टीकरण दिएका थिए । देउवाले सुरुमा १२ वर्ष अघिको मुद्दालाई ब्यूँताएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताएका थिए ।

कतिसम्म भने सोही कार्यक्रममा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा काङ्ग्रेसको विरुद्धमा कलम चलाएको आरोप लगाएका थिए । उनले भनेका थिए,“पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर कांग्रेसविरुद्ध लागेका छन्, काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो।”

यता, कांग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एन.पी. साउदले आलम पक्राउ प्रकरणमा पार्टीविरुद्धको षड्यन्त्रको गन्ध रहेको दाबी गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले वर्तमान सरकारले दुई तिहाईको नाममा अधिनायकवादको प्रयोग गर्न खोजेको र यसको लागि कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई निशाना बनाएको टिप्पणी गरेका छन् ।

ईट्टाभट्टामा जिउँदै जलाएको घटनाका प्रत्यक्षदर्शी मियाँले दोषीबारे गरे खुलासा (भिडियोसहित)

आफ्नो अभिव्यक्ति विवादमा परेपछि आलम पक्राउबारे बोले देउवा, निकाले यस्तो विज्ञप्ती

आलम पक्राउबारे देउवालाई गगनको काउन्टर, अपराध गर्नेले दण्ड पाउनुपर्छ



प्रतिक्रिया दिनुहोस्

Screenshot