Logo

गोवर्द्धन पूजा गरिदै



काठमाडौं, ११ कात्तिक । आज गोवर्द्धन पूजा गरिदैछ । यसलाई गोरु पूजा पनि भनिन्छ ।

यमपञ्चकको चौंथो दिन गोवर्द्धन अर्थात् गोरु पूजा गर्ने चलन भएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार विहान गोबर्धन पूजा गरेर बेलुका म्हपूजा गर्ने शास्त्रीय व्यवस्था छ । सन्ध्याकालमा जुन दिन प्रतिपदा तिथि हुन्छ त्यही दिन म्हपूजा गर्नुपर्छ, उनले भने । आज औसी थोरै भएकाले त्यसपछि परेवा लाग्ने भन्दै गोरुपूजा सुरु हुने बताए ।



प्रतिक्रिया दिनुहोस्