Logo

निर्मला बलात्कार हत्या प्रकरण, गृहमन्त्रीको छोराको डिएनए परीक्षण गर्न माग



काठमाडौं, ११ कात्तिक । कञ्चनपरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिकको नाम मुछिएको छ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पटक-पटक यो प्रकरणमा गृहमन्त्री थापाका छोराको नाम जोड्दै आएका छन् । निर्मलाको न्यायका लागि कञ्चनपुरमै तरुण दलले आन्दोलन गरेको थियो । त्यतिवेलादेखि अहिलेसम्म अध्यक्ष बस्नेतले निर्मलाको हत्यारा पत्ता लगाउन गृहमन्त्रीका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

तरुण दलको ६६ औं स्थापना दिवसको अवसरमा हिजो (आइतबार) ललितपुरमा पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा बस्नेतले यस्तो माग गरेका हुन् । उनले भनेका थिए,”गृहमन्त्री थापाका छोरामाथि लागेको आरोपलाई गलत सावित गरिदिन पनि डीएनए परीक्षण गरौँ भन्ने मेरो आग्रह हो, निर्मला पन्तको बलात्कारपछिको हत्याकाण्डका तथ्य बाहिर ल्याउन गृह मन्त्री थापाका छोराको डीएनए परीक्षण गर्नुपर्छ ।”

उनले थप भनेका छन्,”तपाईँको छोरामाथि बालिका पन्तलाई बलात्कार गरेको आरोप लागेको छ, मलाई गलत सावित गरिदिनुस्, तरुण दललाई गलत सावित गरिदिनुस्, त्यसका लागि डीएनए परीक्षण गरौँ भन्ने मेरो कुरा हो ।”



प्रतिक्रिया दिनुहोस्