Logo

काँग्रेस-कम्युनिष्टबीच भण्डाफोर प्रतिष्पर्धा, को को जेल जालान्



काठमाडौं, ११ कात्तिक । चाँडबाँडको बीच नेपाली राजनीतिमा कम्युनिष्ट र काँग्रेसबीच नयाँ टकवार देखियो । एकले अर्कोको नेता विशेषको भण्डाफोर गर्ने र जेलसम्म पुर्याउने गतिविधिहरु भए ।

तत्कालिन सभामुख कृष्णबहादुर महराबाट शुरु भएको भण्डाफोरले नयाँ गति लिन थालेको छ । महरालाई हिरासतमा पुर्याउन काँग्रेस नेताहरु दबाब सृजना गर्न सक्रिय भए । महिला संघकी अध्यक्ष उमा रेग्मी विशेष रुपमा दबाब बढाउन लागिपरिन् । अन्तर्राष्ट्रिय समुदाय समेत बोल्यो । जसका कारण महराले राजीनामा मात्र दिएनन् प्रहरीले नियन्त्रणमा लियो ।
महरा हिरासतमा पुगेको केही दिनमै नेपाली काँग्रेसका सांसद मोहमद अफताब आलम प्रहरी नियन्त्रणमा परे । १२ वर्ष अघि ईंट्टाभट्टामा जिउँदै हालिएकाको अभियोगमा उनीमाथि कारबाही अगाडि बढ्यो । आलमपछि काँग्रेस सांसद देवेन्द्रराज कँडेलको दोहोरो नागरिकताको विषय चर्चामा आयो । यसको भण्डाफोरमा कम्युनिष्ट नेताहरु भित्री रुपमा लागे ।

आफ्ना नेताहरुको भण्डाफोर र धमाधम हिरासतमा लिन थालेपछि काँग्रेस पनि भण्डफोरमा लागेको छ । उसले निर्मला हत्याकाण्डमा हाइप्रोफाइल संलग्न रहेको आरोप लगाउँदै डिएनए टेष्टको माग गरेको छ । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले गृहमन्त्री रामबहादुर बादलका छोराको डिएनए टेष्टको माग गरे । यसले अब काँग्रेस र कम्युनिष्ट नेताहरु छठपछि झन् भण्डाफोरमा लाग्ने संकेत देखिएको छ । दुवै पार्टीबीच नयाँ ढंगले टकराव बढेको छ ।

विजयकुमार गच्छेदारलाई ललिता निवास काण्डमा कारबाही गर्ने चेतावनी आइसकेको छ । यस अवस्थामा काँग्रेसेल विष्णु पौडेलाथि कारबाहीको माग गर्ने अवस्था बन्न सक्छ । अफतावको मामलामा काँग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई मुछ्न खोजिएको छ ।

घटनाक्रम यसरी विकास भएको छ कि लहरो तान्दा पहरो गर्जिएको छ ।



प्रतिक्रिया दिनुहोस्