Logo

ला लिगामा बार्सिलोना पछि पर्यो, ग्रानडा शीर्ष स्थानमा



स्पेन, ११ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा स्पानिस जाईन्ट बार्सिलोनालाई पछि पार्दै ग्रानडा शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गर्दै ग्रानडा शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा अल्भारो भाडिलोले ग्रानडाका लागि निर्णायक गोल गरे ।

जितसँगै ग्रानडाले बार्सिलोनालाई एक अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो । सन् २०१७ को सिजन घटुवामा पर्दै यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको ग्रानडाले पहिलोपटक ला लिगाको शीर्ष स्थान हासिल गरेको हो । ग्रानडाले १० खेलमा २० अंक जोडेको छ ।

एक खेल कम खेलेको बार्सिलोनाको १९ अंक रहेको छ । बार्सिलोनाले भोलि आफ्नो खेल खेल्दैछ । यदि बार्सिलोना विजयी भए उ पूनः लिगको शीर्ष स्थानमा उक्लिनेछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्