Logo

खैरहनीबाट २० जुवाडे नियन्त्रणमा



पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे नियन्त्रणमा परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रण गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनीहरुको साथबाट रु एक लाख ९१ हजार बरामद भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्