Logo

जुवा खेल्ने १७ जना नियन्त्रणमा



गुल्मी, ११ कात्तिक : जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले गए राति १७ जनालाई नियन्त्रणमा लिएको छ । गुल्मी दरबार गाउँपालिका–७ को गलामस्थित लीलासिं अधिकारीको घरबाट उनीहरु नियन्त्रणमा लिएका हुन् ।

नियन्त्रणमा परेका व्यक्तिको साथबाट प्रहरीले रु दुई लाख ८२ हजार बरामद गरेकोे प्रहही नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । नियन्त्रण पर्नेमा गुल्मी दरबार गाउँपालिका–७ का कृष्णबहादुर खनाल, सुजन अधिकारी, लीलासिं अधिकारी, अर्जुन बस्नेत, हिमाल अधिकारी, यमबहादुर कार्की, सुमन टण्डन, हरि खत्री, पूर्णबहादुर खड्का, भोजेन्द्र बस्नेत, विनोद टण्डन, विमल बस्नेत, नारायण टण्डन, विक्रम बस्नेत, नारायण टण्डन, रेसुङ्गा नगरपालिका–१२ का सन्तोष टण्डन, अनिल बस्नेतलगायत छन् । उनीहरुलाई प्रचलित कानूनअनुसार कारवाही गरिने घलेले बताए ।



प्रतिक्रिया दिनुहोस्