Logo

नेपालमा कोरियाले स्वास्थ्य बीमा प्रोजेक्ट चलाउने



काठमाडौं, ११ कार्तिक । कोरियाले नेपालमा नेसनल हेल्थ इन्स्योरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने भएको छ । नेपालमा स्वास्थ्य बीमा कार्यक्रमलाई जनसमक्ष प्रभावकारी बनाउन उक्त प्रोजेक्ट चलाउन लागिएको हो । खासगरी नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम थालिएको थियो ।

दक्षिण कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले सन् २०१३ देखि नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको हो । अब सन् २०१९ अक्टोबरदेखि भने नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सघाउन कोइका र नेसनल हेल्थ इन्स्योरेन्स प्रोग्राम (एनएचआइएम), कोरियाले संयुक्त रुपमा नेसनल हेल्थ इन्स्योरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्न लागेको छ ।

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको चार वर्ष भइसकेको छ । तर, यसको अभैm प्रभावकारी रुपमा कार्यान्वयन हुनसकेको छैन । सरकार तथा सम्बन्धित निकाय बोर्डले चालू आर्थिक वर्षभरिमा सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पु¥याउने भने तापनि हालसम्म ४९ वटा जिल्लामा मात्र सुरु भएको छ ।

दक्षिण कोरियाको उक्त प्रोजेक्ट अन्तर्गत कोरियाका कर्मचारी नेपालमै बसेर नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई सहयोग गर्ने जनायएको छ । उनीहरूले नेपालमा लागु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार, क्षमता अभिवृद्धि र नेपालको स्वास्थ्य बीमाको प्रभावकारिताको विषयमा अध्ययन गर्ने तथा त्यसमा जनसहभागिता बढाउने परियोजनाले जनएको छ । परियोजना सन् २०२० को डिसेम्बरसम्म चल्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्