Logo

कांग्रेसको नेतृत्व परिवर्तनको जरुरी : पौडेल



काठमाडौं, ११ कात्तिक । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले कांग्रेसको नेतृत्व परिबर्तनको जरुरी रहेको बताएका छन । पार्टीले आफ्नो प्राथमिकता र विचार बदल्न जरुरी रहेको भन्दै उनले नेतृत्व परिवर्तन आजको आवश्यकत्ता भएको दोहोर्याए ।

‘अहिलेको चुनौतीको बोझ हटाउनुपर्नेछ । कांग्रेसले आशा सञ्चार गर्न सक्नुपर्दछ,दुइतिहाइले केहि गर्न सकेनन्,कांग्रेसले गर्न सक्नुपर्छ’–उनको भनाइ छ ।
अबको चुनाब जित्नका लागि कांग्रेसको बदलिएर आउनुपर्ने भन्दै उनले ३३ प्रतिशत कांग्रेस , ४८ प्रतिशतको नेकपासंग लड्न सक्नुपर्ने बताए ।

पौडेलले भने—‘कांग्रेस अब ब्लु–प्रिन्टका साथम आउनुपर्छ, २५ लाख भोट थप्नुपर्छ ,मुद्धागत प्रतिस्प्रर्धामा राजनीति गर्नुपर्छ ।’ अबको उपचुनाबमा जित्नेलाइ टीकट दिनुपर्ने भन्दै उनले पार्टीभित्र गुट÷उपगुट हेरेर होइन, अब हिजोको गल्ती दोहोर्याउनु हुदैन ।’–उनले भने ।

रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा नेता पौडेलले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले देश कब्जा गर्न खोजेका पनि आरोप लगाए । नेकपाले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप गरेको भन्दै उनले भने —‘अदालत, प्रशासन, प्रहरीमा राजनीतिकरण गरिएको छ, मानवअधिकार, अभिब्यक्ति स्वतन्त्रतामाथि धर्म संस्कृतिमाथिको हस्तक्षेप अस्वीकार्य छ ।’

पौडेलले नकपाले गरिरहेको सत्ता कब्जाको बिरुद्धमा शशक्त रुपमा लड्नुपर्ने बताए । हरेक क्षेत्रमा एकाधिकार बढाउने कोशिश गरिएको भन्दै उनले सरकारले राजनीतिप्रति बितृष्णा पैदा गर्ने,कानुन उल्लंघन गर्ने,सत्ताको आडमा अराजकता मच्चाउने कामको कांग्रेसले बिरोध गर्ने बताए ।

दुइ तिहाइको कम्युनिष्ट सरकारको २२ महिना बितेपनि सरकारले जनअपेक्षा पूरा गर्न नसकेको उनको दाबि छ । ‘नेपालमा ब्यबसायीक बाताबरण बन्नुको पछाडी प्रतिपक्षको भूमिका छ,हामीले सडकमा टायर बालेका छैनौं,संयम भएका छौं ।’

‘सरकारले हिजोभन्दा बढि हस्तक्षेप,गीतकार,गायक भिटेन,दुर्गेश,पशुपतिमाथि प्रतिबन्ध,सिर्जनामाथि पनि हस्तक्षेप,अभिब्यक्ति स्वतन्त्रतामाथि दमन किन गरिरहेको छ यो संबिधान बिपरित हो ।’–पौडेलले भने ।

काग्रेस भएसम्म अभिब्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप सम्भब नभएको दाबि गर्दै नेता पौडेलले ,लोकतान्त्रिक मुल्य मान्यता र थिती बसाल्न ,संस्कार र संस्कृतिको जगेर्ना गर्न कांग्रेसबाट मात्रै सम्भब हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्