Logo

चित्रबहादुरले गरे ओली–प्रचण्डको प्रशंसा



राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले वर्तमान सरकारले धेरै राम्रो काम गर्न नसकेपनि गणतन्त्र र राष्ट्रिय एकताको सवालमा कडा रुपमा उभिएको भन्दै प्रशंसा गरेका छन् । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न जाने गरेको पनि सुनाए । नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘नेपाली बहस’ को लागि पत्रकार ऋषि धमलाले अध्यक्ष केसीसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको पार्टीले नेकपासँग चुनावी गठबन्धन ग¥यो हो ?

ग¥यो ।

किन ग¥यो त ?

चुनाव पनि एउटा आन्दोलन हो, यसमा राजनीतिक पार्टीहरु चुनावी गठबन्धन गर्नुस्वाभाविक हो ।

तपाईं पार्टी पनि सरकारको सहयोग दल हो ?

सहयोगी दल भन्ने अनि किन कार्यगत एकता गरिस् भन्ने कुरै मिलेन नि ।

तपाईंले त वर्तमान सरकारको आलोचना गर्नुभएको थियो नि ?

राजनीतिमा कसैले आलोचना गर्दैमा त्योसँग आगो–पानी बाराबार हुँदैन ।

सरकारलाई गाली पनि गर्ने अनि सुविधा पनि लिने ?

हामी सत्तामा बसेका छौं ? चुनावी तालमेल मात्रै गरेका हौं ।

यो सरकारलाई तपाईंंले सहयोग गरेको होइन ?

सहयोग गरेको हो । गणतन्त्रमा धर्मनिरपेक्ष पक्षधरलाई समर्थन नगरेर यो मुलुक टुक्र्याउनुपर्छ, हिन्दूराज्य बनाउनुपर्छ भन्नेलाई समर्थन गर्ने ? ।

अब तपाईं संघीयताको पक्षधर हो ?

यही काम कांग्रेससँग गरेको भए, तपाईंले भन्न सक्नुहुन्थ्यो, कांग्रेसले संघीयता मान्छ त्यसकारण त्योसँग किन भनेर ? त्यसकारण के कुरा बुझ्नपर्छ भने बेग्लाबेग्लै पार्टी बेग्लाबेग्लै नीति र कार्यक्रमहरु हुन्छन् । जुन कुरासँग उसको कुरा मिल्छ भने ऊसँग कार्यगत एकता हुन्छ ।

त्यसो भए अहिले तपाईं नेकपासँगको गठबन्धन हुनुहुन्छ हो ?

के को गठबन्धनमा छौं हामी ?

उपनिर्वाचनमा त तालमेल गर्नुभएको छ नि ?

त्यसो गर्दैमा के अब हाम्रो जात गयो ?

यसले त तपाईंहरुको एजेन्डा पनि कमजोर भयो नि ?

कसरी कमजोर भयो ? संसद्भित्र २५ पार्टीमध्ये २४ ले संघीयताको मुरली बजाउँदा जनमोर्चा एक्लैले “सघीयता चाहिँदैन, देश टुक्र्याउन पाइँदैन” भनेर नारा लगाएको थियो । त्यो पार्टी राष्ट्रिय जनमोर्चा हो ।

तपाईंलाई साथ दिने जनता त छैनन् नि ?

राष्ट्रिय जनमोर्चाका हजारौं, जनता, नेता र कार्यकर्ता छन् । राष्ट्रिय जनमोर्चाको एजेन्डा ‘नेपालमा संघीयता किमार्थ हुँदैन’ भन्ने नारा अहिले त अझ् जनजिब्रोमा झुण्डिएको छ । राष्ट्रिय जनमोर्चाले संघीयता हुँदैन भनेको ठीक रहेछ भनेर ।

सघीयता त अब सञ्जीवनी बूटी बनिसक्यो नि ?

झुट कुरा गर्नुहुन्छ ?

संघीयता हुँदैन भनेर कहाँ आन्दोलन गर्नुभयो ?

गत असोज १० गते सातै प्रदेशमा एकैचोटी, ‘संघीयता चाहिँदैन, देश टुक्र्याउन पाइँदैन’ भनेर हजारौं राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले विरोधसभा गरेका छन् ।

सातवटै प्रदेशमा तपाईंंको पार्टीको आमसभा भयो ?

भयो त । तपाईंले थाहा नपाए त मैले के गर्नुछर ।

प्रदेश नं. २ मधेसमा तपाईं जानुभयो ?

किन नजानु, मधेस मेरो होइन ? कसको बनाइदिनुभएको आजकाल तपाईंहरुले ?

मधेस त उपेन्द्र यादव, महन्थ ठाकुरहरुको हो नि ?

हो र ? कि मोदीको हो ? त्यो पनि भन्नुस् है । ल भन्नुस् मेरो मधेस होइन, हिमाल, पहाड मेरो होइन ? मधेसमा म जानुहुँदैन ।

तपाईंलाई त मधेसविरोधी नेताको रुपमा हेर्छन् नि मधेसी जनताले त ?

मधेसको ठेक्का लिएर शोषण, दमन गर्ने दलाल जमिनदारहरुले भन्छन् । त्यहाँका शोषित, पीडित, दलित, अल्पसंख्यक, उत्पीडित जनताले भन्दैनन् । ती जनताले राष्ट्रिय जनमोर्चालाई आफ्नो मित्र ठान्दछन् ।

तपाईँलाई मधेसका जनताले चित्रबहादुर केसीलाई निषेध गछौं भनेका छन् नि ?

यो सरासर गलत कुरा हो । मलाई मधेसका जनताले निषेध गर्ने भनेका छैनन् । त्यो मधेसी जनताले भनेका होइनन् । मधेसमा औलामा गन्नेहरुले भनेको हुनुपर्छ ।

मधेसी नेताहरुले यो कार्यक्रममा जसरी तपाईंको विरोध गरेका छन् त्यसमा तपाईं संघीयता विरोधी नेता त हो ?

उनीहरुलाई संघीयताको समर्थन गर्ने अधिकार छ भने हाम्रो पार्टीलाई पनि संघीयता ठीक छैन, यो गलत हो भन्ने पाउने अधिकार छ ।

तर, जनमतको कदर त गर्नुप¥यो नि ?

जनमतको मात्रै होइन, मैले त यो मुलुककै कदर गरेको छु । मुलुकको संरक्षण गर्न लागेको छ, राष्ट्रिय जनमोर्चा । तपाईको मनमा छ, यो संघीयता पार लाग्छ भनेर ? संघीयताका पक्षधरहरुलाई सुखी पार्नका लागि अन्टसन्ट प्रश्न सोध्ने ?

त्यसो भए संघीयता हाम्रो देशको लागि अभिषाप हो ?

भइसकेको छ अभिषाप त ।

तर, तीनै तहमा सरकार छ नि त ?

कठैबरा, ती सरकारका बिजोग । अहिलेसम्म ती सरकारको सदरमुकाम टुंगो लगाउनुपर्दैन ? कर्मचारीहरु समायोजन हुनुपर्दैन ? अनि खाली संघीयता–संघीयता भनेर घोकेर हुन्छ ।

कांग्रेस, नेकपालगायत सबै दलका नेताहरुले संघीयता हुनुपर्छ भनेका छन् नि ?

त्यो भनाइका भित्र उनीहरुको अन्तरआत्मा कत्तिको बोलेको छ । नेताहरुको घरदैलामा जाने काम तपाईंको हो, म उनीहरुकोमा जान्न ।

तपाईं पनि कहिलेकाही प्रधानमन्त्रीकोमा पुगिरहनुभएको हुन्छ नि ?

प्रधानमन्त्रीकोमा त जानुपर्छ नि । शेरबहादुर, प्रचण्डहरुकोमा कहीलेकाहीँ जान्छु ।

तर तपाईं अहिले सत्तापक्ष पार्टीको गठबन्धनमा हुनुहुन्छ नि ?

गठबन्ध त चुनावको बेलामा गर्नुप¥यो नि । कहिले कांग्रेसँग गरियो, कहिले नेकपासँग गरिएको छ । पार्टी भैसकेपछि अन्य पार्टीहरुसँग कार्यगत एकता त हुन्छ नि ।

तपाईंले प्रथम राष्ट्रपति रामवरण यादवलाई समर्थन गरेको हो ?

समर्थन मात्रै होइन जिताएको हो ।

सबैलाई थाहा छ उहाँ त मधेसको हो नि ?

तपाईंलाई मधेसीले घृणा गर्छन्, मनपराउँदैनन् भनिरहँदा मधेसीलाई जिताउन त राष्ट्रिय जनमोर्चाले प्रयास गरेको छ । त्यसैले मधेसी जनताले यसो भन्छन् उसो भन्छन् भनेर फटाहा कुरा किन गर्ने ?

उपेन्द्र यादवले त चित्रबहादुर केसीको कुरा नसुन्नुहोस् भन्नुभयो नि ?

भनुन् न त, भन्न पाइयो । मैले पनि भन्छु । उपेन्द्रजीको कुरा नसुन्नुस् बेकारमा मुलुकमा संघीयता लादेर हिडेका छन् । उपेन्द्रले चित्रबहादुर कुरा नसुन्नुस भन्नु र मैले उपेन्द्रका कुरा नसुन्नुस् भन्नुको के अर्थ ?

संघीयताको सुत्रधार उपेन्द्र यादव हुन् ?

उहाँमात्रै होइन, सुत्रधार शक्तिकेन्द्रहरु हुन् ।

संघीयता कसले बोकायो त नेपालमा ?

विदेशीहरुले बोकाएका हुन् । जसरी हिजो कांग्रेस, एमाले र माओवादीलाई जसले संघीयता बोकाए, त्यो अहिले भालुको कन्पट भएको छ ।

कांग्रेसका नेताहरु सन्तुष्ट छन् त ?

बाहिर त त्यो देखाउनैपर्छ नि । सिस्नाले पोलेको झम्झमाउँछ भन्दै हिड्न पनि भएन ।

यो संघीयता नेपालीले ल्याएको होइन हो ?

होइन, विदेशीको दबामा बोकाइएको हो ।

त्यसमा मोदीको बढी भूमिका छ कि सी जिन पिङको ?

नेपालमा संघीयता बोकाउने बेलामा भारतमा मोदी पनि सत्तामा थिएनन् । चीनमा सी चिनफिङ पनि सत्तामा थिएनन् । त्यसमा पनि फेरि व्यक्तिविशेषको कुरा भनौं । ठूला साम्राज्यवादी मुलुकहरु जसले यहाँ जातीय, क्षेत्री, भेगीय द्वन्द्व चर्काउन चाहन्थे । नेपालको प्राकृतिक स्रोतमाथि दाइहाल्न चाहन्छन् र चाहिराखेका छन् उनीहरुले बोकाएको हो । त्यतिबेला ठूला राजनीतिक पार्टीहरु जो आन्दोलनमा थिए, ती अडिन सकेनन्, बरु राष्ट्रिय जनमोर्चा अडियो ।

तपाईं चाहीं चट्टानझैं अडिनुभयो ?

राष्ट्रिय जनमोर्चा अडिएको हो, व्यक्तिले त के हुन्छ ?

तपाईं अध्यक्ष हो नि त ?

त्यो त सबैलाई थाहा छ । मेरो पार्टीले दिएको लाइनअनुसार भएको हो ।

संघीयताको कट्टर विरोधी हो ?

हो । अहिले राष्ट्रिय जनमोर्चालाई सहयोग नगरेमा नेपाली जनतालाई ‘न्याउरी पारी पछुतो’ भएको छ ।

तपाईं राजनीतिको भविष्यवेता हो ?

कसरी हुन्छ भविष्यता ?

तपाईंले भन्नुभयो नि संघीयता चल्दैन भनेको अहिले त्यही भयो भनेर ?

आफ्नो मुलुकलाई अनुपयुक्त हुने कुरा भन्ने बित्तिकै भविष्यवेता हुन्छ ? तर राजनीति गर्ने मान्छे भविष्यवेता हुनुपनि पर्छ । कुनै काम गर्दा भविष्यमा त्यसको परिणाम के आउँछ भनेर राजनीति गर्नुहुन्छ । तर, कुनै काम गरेर तत्काल फाइदा, कसको आषिर्वाद पाइन्छ भनेर गर्नुहुँदैन ।

यो सरकारले गरेका राम्रा काम के–के हुन् ?

धेरै दोष, कमजोरीहरु छन्, कमसेकम गणतन्त्रको पक्षमा राम्रोगरि उभिएको छ । सुशासन, महंगी नियन्त्रण केही दिन सकेको छैन । अर्को धर्मनिरपेक्षताको पक्षमा उभिनै राखेको छ । राष्ट्रियताको बारेमा अरुले दिएको दबाबमा अलिअलि अडिएको छ ।

मुलुकमा सुशासन त ल्याउन सकेन नि ?

सुशासन दिन नसकेको कुरा हामीले भनिराखेका छौं । बलात्कारी, भ्रष्टाचार, आतंक पैmलाउनेहरुलाई कारबाही गर्न नसकेको भनेर हामीले दबाब दिइराखेका छौं ।

गणतन्त्रको पक्षमा उभियो अनि हामीले समर्थन गरेको भन्नुभयो जनताले के पाए ?

केही पाएका छैनन् । सबै ठूलो कुरा त महंगी हो त्यो नियन्त्रण गर्न सकेको छैन । यो गणतन्त्रको दोष होइन । दोष सत्तासञ्चालन गर्नेहरुको हो ।



प्रतिक्रिया दिनुहोस्