Logo

हाई–प्रोफाईल २५ जुवाडेको भाईटिका जेलमै



काठमाडौं, ११ कात्तिक । काठमाडौंको महाराजगञ्जबाट आइतबार २ करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ परेका २५ जना जुवाडेको यो वर्षको भाईटिका प्रहरी हिरासतमै बित्ने भएको छ । उनीहरुलाई हिरातमा राख्ने/नराख्ने निर्णय भाइटीकाको भोलिपल्ट अर्थात बुधबार मात्रै हुने भएको छ ।

महाराजगञ्जको पिपलमार्गबाट झण्डै ३ करोड रुपैयाँसहित पक्राउ परेका २५ जनालाई प्रहरीले सोमबार अदालत पुर्याए पनि समय अभावका कारण उनीहरुबारेमा सुनुवाइ हुन नपाएकाले फेरि महाराजगञ्ज प्रहरी वृत्तकै हिरासतमा फर्काएको प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्सालले जनाए ।

उनीहरुको परिवारले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि सोमबार उनीहरुलाई अदालतमा उपस्थित हुन अदालतले आदेश दिएको थियो । सोमबार दिउँसो ३ बजेअघि नै उनीहरुलाई अदालतमा उपस्थित गराउनुपर्ने भए पनि प्रहरीले साढे ३ बजेतिर मात्र उनीहरुलाई अदालत पु¥याएको थियो ।

शनिबार राति पिपलमार्गमा रहेको विक्रम गौतमको दुई तले घरको भुइँ तल्लामा जुवा खेलिरहेका २५ जनालाई दुई करोड ७२ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँको चेक, ३२ ओटा कौडा र ४ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । तस्विर स्रोत : ईमेज



प्रतिक्रिया दिनुहोस्