Logo

मधेश झरेपछि उपेन्द्रको माग : तत्काल संविधान संशोधन प्रक्रिया बढाउनुपर्छ



लहान, ११ कात्तिक । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने बताएका छन् । सिरहा नगरपालिका–१९ सन्हैठामा आज स्वास्थ्यचौकीको उद्घाटन तथा विश्वनाथ यादवको आठौं स्मृतिसभामा मन्त्री यादवले संविधान संशोधन गर्ने शर्तमा आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी भएको बताएका हुन् । उनले तत्काल संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने आफ्नो पार्टीको माग रहेको स्पष्ट पारे ।

कृषि क्षेत्रको विकास नभएसम्म मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दैै मन्त्री यादवले कृषि क्षेत्रको विकासका लागि कमला–कोशी डाइभर्सन आयोजनाको काम अगाडि बढाउनुपर्ने पनि बताए । सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पूरा गर्न कृषि क्षेत्रमा लगानी आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारले अनुदानको नीति हटाएर सामूहिक खेतीको अवधारणा अगाडि बढाउन लागेको उल्लेख गरे । सो अवसरमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गादान दिनुभएका जगदीश यादव र भिखरु यादवलाई सम्मान गरिएको थियो ।
file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्