Logo

ओली-दाहाल भेटवार्ता, के कुरा भयो ?



काठमाडौं, ११ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज एक्लाएक्लै भेटवार्ता भएको छ । अजरबैजानबाट प्रधानमन्त्री ओली फर्किएपछि प्रचण्डले पहिलोपटक आज ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्षद्धय ओली र दाहालबीच समसामियक राजनीतिक विषयमा कुराकानी भएको बालुवाटार निकट स्रोतले जनाएको छ। प्रधानमन्त्री ओली आइतबार अजरबैजानबाट फर्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच आज भएको भेटघाटका क्रममा समसामयिक विषयमा छलफल भएको अध्यक्ष ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले जनाएका छन् ।

प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन ९नाम० का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री अजरबैजानबाट फर्किएपछि दुई अध्यक्षबीच हिजै भेटघाट हुने भनिएको थियो । तर, हिजो समय नमिलेपछि आज भेटघाट भएको सापकोटाको भनाई छ । भेटमा प्रधानमन्त्रीको विदेश भ्रमण र अरू दैनिक घटनाक्रम भन्दा अन्य कुनै पनि विषयमा छलफल नभएको दाबी गरिएको छ।



प्रतिक्रिया दिनुहोस्