Logo

माधव नेपालपनि ओलीको प्रशंसामा उत्रिए



काठमाडौं, ११ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विकासका लागि अघि सारेको अभियान सकारात्मक रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । सूर्यनगर टोल विकास समाजले आज कटुन्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सरकारले जनअपेक्षा अनुसार काम गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन्।

उनले मुलुकको समष्टिगत विकास आजको आवश्यकता भएको बताउँदै सरकारले विकास र समृद्धिमार्फत आर्थिक विकासको दिशामा लाग्नुपर्नेमा जोड दिए ।
नेता नेपालले राज्यका तीनै तहका सरकार समन्वय र सहकार्यका साथ समावेशी र समतामूलक विकासमा लाग्नुपर्नेमा जोड दिदैं नेताले कुरा भन्दा बढी काम गर्नुपर्ने सन्देश चिनियाँ राष्ट्रपति सी चीनफिङले दिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्