Logo

‘सबैमा नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्ने प्रेरणा मिलोस्’



काठमाडौं, १२ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवत् ११४० को सुखद अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सभापतिले देउवाले आज जारी गरेको शुभकामना सन्देशमा वाग्मती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकाल मानिएको तथा नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको तथा नेपाल संवत्का प्रणेता शङ्खधर शाख्वाको योगदानलाई सम्झदै अति परोपकारी शाख्वालाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरिएको भनेका छन् ।

हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सक्यौं भने मात्र हाम्रो देशलाई शान्त, समृद्ध र समुन्नत राष्ट्रमा रुपान्तरण गर्न सकिने उल्लेख गर्दै उनले सन्देशमा नेपालको आफ्नै धर्तीबाट उठेको नेपाल संवत्को नयाँ दिनले नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्ने प्रेरणा र सन्देश सबैमा मिलोस् भन्ने कामना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्