Logo

यौनकर्मीले बढी पैसा माग्दा नदिएपछि ट्रक चालकको गुप्तांग काटिदिइन्



चालकले राजमार्गमा ट्रक रोक्छन् । यौनकर्मीलाई चढाउँछन् । दुवैबीच सम्पर्क हुन्छ । चालकसँग शुरुमा गरिएको सहमतिभन्दा बढी पैसा माग्छिन् । चालकले दिन मान्दैनन् ।

चालक र यौनकर्मीबीच विवाद हुन्छ । यौनकर्मीले चालकमाथि हतियार निकालेर आक्रमण गछिन् । गुप्तांग काटिदिन्छिन् । चालक रक्ताम्य अवस्थामा भेटिन्छन् । उनलाई अस्पताल लगिन्छ । उनले आफू लुटिएको र आक्रमणमा परेको बताउँछन् ।

यो घटना भारतको त्रिपुरामा भएको हो । धर्मानगर शहरको राजवरी क्षेत्रमा २४ अक्टोबरको साँझको घटनामा बढी पैसा माग्दा नदिएपछि यौनकर्मीले यस्तो आक्रमण गरेको त्यहाँको प्रहरीलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ । घटनामा गम्भीर घाइते चालकको आसामको अस्पतालमा लगी उपचार गरिएको जनाइएको छ ।

घटनामा महिलामाथि बलात्कारको प्रयासपछि आक्रमण भएको दाबी गरिएको छ । तर, प्रहरीले अनुसन्धानका क्रममा पैसाको विवादमा महिलाले आक्रमण गरेको तथ्य खुलेको थियो ।
-एजेन्सी



प्रतिक्रिया दिनुहोस्