Logo

मणिभित्र दश करोड वर्ष पुरानो सर्पको अवशेष (भिडियोसहित)



हिन्द महासागरको बीचमा करिब दस करोड बर्ष अगाडिको सर्पको बच्चाको अवशेष मणि भित्र फेला परेको छ । सर्प करिब ४ इन्च लामो रहेको देखिन्छ । अहिले म्यानमार रहेको क्षेत्रमा सर्प फेला परेको हो ।

मणि बेचिएको थियो । पछि त्यस मणिलाई सर्प विज्ञहरू द्वारा पत्ता लगाइएको थियो । भित्रको दृश्यलाई अनुसन्धान गर्ने क्रममा सर्पको अवशेष भेटिएको जनाइएको छ ।

मणि भित्र सर्पको टाउको नरहेको बुझिएको छ । तर सर्पको केही भाग त्यस भित्र रहेको जनाइएको छ । अरु विभिन्न सर्पहरुको छालाहरु रहेको अनुमान गरिएको छ । यस्तै किसिमको मणिहरु करिब १५ ओटा जीवाश्महरुमा पत्ता लागेको थियो ।

तर मणि भित्र सर्पको अंग भेटिएको पहिलो पटक रहो । यस मणि भित्र केहि भागमा किरा,चरा र डायनासोरहरूको केही धुलोहरु पनि देखिएको छ । यस त्रिणमणि भित्र पौराणिक कालको सर्पको केही भागहरु रहेको जनाएका छन् ।-

 



प्रतिक्रिया दिनुहोस्