Logo

देउसी भैलोमार्फत कर्णाली पहिचान झल्काउँदै



काठमाडौं, १२ कात्तिक ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना विभिन्न विभागमार्फत जनताको घरदैलोमा भेटघाटलाई तीव्र पारेको छ ।

काठमाडौँमा रहेका कर्णालीवासीको उपस्थितिमा दुई दिनदेखि देउसीभैली कार्यक्रममार्फत भेटघाट तथा खास कर्णालीको संस्कृति उजागर गर्ने काम पनि गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा सोही दलको कर्णाली सम्पर्क समितिले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष दाहालले बेला–बेला हुने यस्ता कार्यक्रमले कर्णालीको परम्परा र संस्कृतिको प्रचारमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

उक्त सम्पर्क समितिका इन्चार्ज सत्य पहाडीले पछाडि परेको कर्णाली क्षेत्रलाई राष्ट्रिय मूल प्रवाहमा समाहित गर्न अध्यक्ष प्रचण्डले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको बताए ।(रासस)



प्रतिक्रिया दिनुहोस्