Logo

बहिनीको हातबाट टिका ग्रहण गरेपछि बाबुरामले सेयर गरे यस्ता तस्विर



काठमाडौं, १२ कात्तिक । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो वर्षको भाईटिका पनि शुभ साईतमै बहिनी पार्वतीको हातबाट टीका ग्रहण गरेका छन् । उनले टिका ग्रहणलगत्तै आफ्नो फेशबुक पेजमा यस्तो लेखेका छन्,”बहिनी पार्वतीबाट टीका ग्रहण गर्दै तिहार पर्व सम्पन्न१ परिवारका सबैले एक अर्कालाई टीका लगाएर शुभकामना आदानप्रदान !”

टीका लगाइदिएपछि बहिनीले भट्टराईलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरेका थिए । भट्टराईले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्