Logo

अखिलका नेता राई बलात्कार आरोपमा पक्राउ



काठमाडौं, १२ कात्तिक । अखिलका नेता इन्द्रहाङ राई आज विहानै बलात्कार आरोपमा पक्राउ परेका छन् । उनीमाथि १८ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोप छ । राई अखिलका केन्द्रीय सदस्य हुन् ।

पीडितको उजुरीपछि राईलाई महानगरिय प्रहरी परिसरले मंगलबार विहान पक्राउ गरेको हो। पीडित किशोरीले सोमबार आफूमाथि राईले बलात्कार गरेको दाबी गरेकी छिन। पीडितको बयानका आधारमा मेडिकल जाँच लगायतका अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्