Logo

विन लादेनको शव समुन्द्रमुनी, बग्दादीको कहाँ ?



अमेरिकी सैन्य कारबाहीका क्रममा मारिएका ओसामा विन लादेनको शव समुन्द्र मुनी गाडिएको जनाइयो । अमेरिकाले लडाकु हेलिकोप्टरबाट उठाएर सर्वाधिक खोजी गरिएका लादेनको शव गोप्य ठाउँमा गाड्नुमा उक्त स्थानमा चासो बढ्न जाला भन्ने हो ।

जसरी लादेनको शव गोप्य स्थानमा गाडियो त्यसरी नै आइएसका नेता अबु बकर अल बगदादीको शव गोप्य स्थानमा गाडिसकेको जनाइएको छ । ती स्थानहरुबारे अब सायदै थाहा हुनेछ ।

बगदादी शनिबार राति अमेरिकी सैन्य कारबाहीमा सिरियामा मारिएका थिए । उनी बसेको घर कम्पाउन्डमाथि अमेरिकाले हमला गरेपछि भाग्ने क्रममा आत्मघाती ज्याकेट पड्काएर ज्यान लिएका थिए । उनको साथमा तीन सन्तान समेत मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।
बकर मारिएको र सैन्य कारबाहीको प्रत्यक्ष प्रसारण अमेरिकी राष्ट्रपति ट्रम्पलगायत वरिष्ठ अमेरिकी अधिकारीहरुले हेरेका थिए । यो भिडियो सार्वजनिक गर्ने नगर्ने प्रष्ट छैन ।


विगतमा बाराक ओबामाको कार्यकालमा लादेन मारिंदा पनि अमेरिकी उच्च अधिकारहिरुले प्रत्यक्ष हेरेका थिए । यो भिडियो अहिलेसम्म गोप्य राखिएको छ ।
-एजेन्सी
Photo Source: APF



प्रतिक्रिया दिनुहोस्