Logo

सिंगापुरमा हुँदापनि छुटेन गगनको भाइटिका



काठमाडौं, १२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापा यतिवेला सिंगापुरमा छन् । छात्रावृत्तिमा अध्ययनको लागि सिंगापुर गएका थापाको भाईटिका पनि सुखद् नै रह्यो । उनले भाईटिका लगाएको फोटो आफ्नो फेशबुक पेजमा राख्दै लेखेका छन्,”कस्तो सुखद संयोग !अध्ययनको लागि सिगांपुरमा आउँदा पनि भाइटिका छुटेन। यही बसोबास गरेर बसेकी बहिनी निर्मला नकर्मी चान संग भाइटिका । ३० वर्ष देखि भाइटिका लगाइरहेको बहिनीसँग आज भने सिगांपुरे तरिकामा भाइटिका !”

‪नेता थापा एक सातासम्म अध्ययनको लागि सिंगापुरमै रहनेछन् । उनले उक्त कुरापनि आफ्नो फेशबुक पेजमार्फत नै सबैलाइृ जानकारी गराएका छन् । उनले लेखेका छन्,”अबको साता शहरको यातायात,स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सुचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्न सिंगापुरको NANYANG TECHNOLOGICAL UNIVERSITY मा विद्यार्थीको रुपमा रहनेछु। World Economic Forum को छात्रवृत्तिमा फेरी विद्यार्थी हुने मौका मिल्यो।”



प्रतिक्रिया दिनुहोस्